एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका खेलाडीहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन् । प्रवक्ता ताम्राकारले खेलाडीहरूलाई पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च बनाउन आग्रह गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघले केन्द्रीय सदस्य नीता सैंजुको नेतृवमा विभिन्न उमेर समूहका ११ खेलाडी, ५ जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी गराएका छन् ।
प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभाङ्ग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर के.सी.ले प्रतिस्पर्धा गर्नेछन् ।
छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन् ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनद्वारा हस्ताक्षरित पत्रमा सहभागी हुने खेलाडी तथा टोलीका सदस्यहरूको यात्रा र सहभागिता सहज बनाउन सम्बन्धित निकाय तथा संस्थाहरूलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ ।
पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीहरूका लागि अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताए ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया