भ्रष्टाचारी ठहर भएका सिंहद्वारा गगन नेतृत्वको कांग्रेसका पदाधिकारीहरूलाई दिए बधाई तथा शुभकामना

काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहले विश्वप्रकाश शर्मासहितका नेताहरूलाई भेट गरेर बधाई तथा शुभकामना दिएका छन् ।

तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेको समूहका नेताहरूसँग अलग अलग भेट गरेर सिंहले बधाई तथा शुभकामना दिएका हुन् ।

भ्रष्टाचारी ठहर भएका सर्लाही कांग्रेसका पूर्वसभापति सिंहले गगन थापा नेतृत्वको कांग्रेसको उपसभापतिद्वय विश्वप्रकाश शर्मा र विनाद चौधरी, महामन्त्री उदयशम्शेर राणा, उपसभापति पुष्पा भुसाल, महामन्त्री डिला संग्रौला पन्त, उपसभापति मधु आचार्य, नेता उमेश श्रेष्ठ लगायतसँग भेट गरेर बधाई तथा शुभकामना दिएका हुन् ।

सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर हुँदासमेत सिंहले कांग्रेसको राजनीति गर्दै आएका छन् । गगन थापाले सिंह जस्ता भ्रष्टाचारी ठहर भएका नेताहरूलाई साथमा लिएरसँगै हिडेपछि प्रश्न उठेको छ । सिंह सर्लाहीबाट गगन थापा नेतृत्वको कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका थिए ।

Published : Thursday, 2026 October 15, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया