एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी
बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ ।
सबस्टेशन निर्माण अन्तर्गत जीआईएस (ग्यास इन्सुलेटेड स्विचगियर) तथा कन्ट्रोल भवनहरू, ट्रान्सफर्मर जडानस्थलको जग, ग्याण्ट्रीहरू र अन्य उपकरण जडानस्थलको जग निर्माण लगायत मुख्य संरचनाहरूको निर्माण कार्य भइरहेको एमसीसी नेपालले जनाएको छ ।
निर्माण सम्पन्न भएपछि न्यू बुटवल सबस्टेसन ४०० केभि बुटवल–गोरखपुर प्रसारण लाइनको अन्तिम विन्दुको रूपमा रहनेछ ।
यसले नेपालको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउनुका साथै थप भरपर्दो विद्युत् आपूर्तिमा सहयोग गर्नुका साथै भारत तथा यस क्षेत्रसँग जलविद्युत् व्यापार गर्ने नेपालको क्षमतामा उल्लेख्य वृद्धि गर्न सघाउ पु¥याउनेछ ।
न्यू बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया