कांग्रेसको सहमहामन्त्रीमा खतिवडा सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

खुलातर्फको सहमहामन्त्री पदमा खतिवडाले सर्वाधिक मतसहित निर्वाचित भएका हुन् । मंगलबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार खतिवडाले अन्य उम्मेदवारहरूभन्दा धेरै मत पाएका थिए । खतिवडाले खुलातर्फको सहमहामन्त्री पदमा दुई हजार ९ सय १९ मत पाएका थिए ।

खतिवडाले आफूलाई मतदान गरेर निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद प्रकट गरेका छन् । उनले आभार पनि प्रकट गरेका छन् ।

Published : Tuesday, 2026 October 13, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया