बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित
बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् ।
संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् ।
अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाएका छन् ।
संघका १८११ मतदातामध्ये १४६६ जनाले मतदान गरेका थिए । वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मत पाएर निर्वाचित हुंदा प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत पाएका छन् ।
उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मत पाएर निर्वाचित भएका छन् । प्रतिस्पर्धी निर्मित कसजूले ६९३ मत पाएका छन् ।
वाणिज्य उपाध्यक्षमा ७१९ मतसहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ७ सय मत पाएका छन् ।
महासचिवमा बसन्त ढकालले ७१४ मत पाएर निर्वाचित भएका छन् । प्रतिस्पर्धी जमुना पौडेलले ७०२ मत पाएकी छिन् । कोषाध्यक्षमा ७३८ मत पाएर टीकाराम बन्जाडे निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रतीक पोखरेलले ६७३ मत पाएर पराजित भएका छन् ।
सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मत पाएर निर्वाचित भएका छन् । प्रतिस्पर्धी काशिराम शर्मा पौडेलले ६८४ मत पाएका छन् ।
सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली ८६८ मतसहित निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी जाकिर हुसेनले ५४२ मतसहित पराजित भएका छन् ।
एसोसिएट सदस्यतर्फ बालकृष्ण पौडेल, उद्योग सदस्यहरूमा गोपाल टण्डन, लेखनाथ भण्डारी, सुनिता शर्मा बन्जाडे र ज्ञानबहादुर पुन निर्वाचित भएका छन् ।
ज्ञानबहादुर र दीपक बास्तोलाले समान ६५६ मत पाएपछि गोलाप्रथाबाट पुन विजयी भएका छन् ।
वाणिज्य सदस्यहरूमा गणेशप्रसाद भट्टराई, रामबहादुर भण्डारी, सुनिता गिरी र उमेश अमात्य निर्वाचित भएका छन् ।
खुलला सदस्यमा विजयकुमार वर्णवाल, विष्णु घिमिरे पन्थ, विष्णुप्रसाद उपााध्याय, दीपक घिमिरे, गोपालप्रसाद बस्याल, प्रदीप शाक्य, महिला सदस्यमा मन्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया