महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने
काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ ।
काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति बैठकले उमेर समूह, नेशनल युथ च्याम्पियनसिप, विद्यालयस्तरीय, क्लबस्तरीय, सिनियर सिटिजन, एमेच्योर, ब्लिट्ज, रापिड, २७ औं खुला तथा १२ औं महिला राष्ट्रिय प्रतियोगिताको वार्षिक कार्यक्रम समेत तय गरेको अध्यक्ष हेराकाजी महर्जनले बताए ।
महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार महासंघको पहलमा फ्रिडम एशियन चेस इनिसिएटिभमार्फत बाढीबाट प्रभावित चेस परिवारजनलाई १२००० डलर सहयोग प्रदान गरिनेछ ।
फिडे कांग्रेसको नयाँ कार्यसमिति चयनमा नेपालले शुरुदेखि समर्थन गरि आएका काजकिस्तानका अध्यक्ष विलिनियर उद्योगपति टिमुर तुर्लोप विजयी भए पश्चात् नेपालले प्रस्तुत गरेको ५ वटा वार्षिक चेस कार्यक्रम अनुमोदन भएको समेत जानकारी गराएका छन् ।
साउथ एशियन चेस काउन्सिलले तत्काल ५००० डलर निश्चित कार्यक्रमका लागि उपलब्ध गराउने समझदारी भएको छ ।
महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेस कार्यक्रमहरूको थालनी गर्न पूर्व कोषाध्यक्षको जिम्मेवारीमा रहेका खेल सामग्री, आर्थिक हिसाबकिताब पेश गर्न पत्राचार गर्ने समेत निर्णय गरेको प्रवक्ता ताम्राकारले बताएका छन् ।
चेस महासंघको बैठकले ४६औं चेस ओलम्पियाड, विश्व बुद्धिचाल महासंघ फिडे कांग्रेस सहभागिता, १०औं राष्ट्रिय प्रतियोगिता, दक्षिण एशियाली चेस काउन्सिल अनुदान, दक्षिण एशियाली ३.२ जोन, भोटेकोशी बाढी प्रभावित अन्तर्राष्ट्रिय सहयोग विषयमा विभिन्न निर्णय गरेका छन् ।
चेस महासंघले एशियन नेशन कप, वेष्टर्न एशिया युथ चेसमा खेलाडी सहभागी गराउने तथा अन्तर्राष्ट्रिय सहभागिताका लागि नियमावली समेत तयार गरेको छ ।
उज्बेकिस्तानमा सम्पन्न ४६औं चेस ओलम्पियाडमा सहभागी नेपाली खेलाडीले अन्तिम चरणको खेलमा आफ्नो समूह अन्तर्गत संवरण पदकबाट चुक्न पुगे पनि चौथो स्थानमा रहँदै वरीयतामा सुधार गरेका छन् ।
सेप्टेम्बरमा सम्पन्न खेलमा दुई पुरुष खेलाडी आशिष् फुयाँल र राजन सुवेदीले सिएम टाइटल तथा चार महिला खेलाडी कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले डब्लूसिएम टाइटल प्राप्त गर्न सफल भएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया