सत्यमा रहँदा आउने मूल्य चुकाउन नेता तथा कार्यकर्ताहरू तयार हुनुपर्छ : कांग्रेस संयोजक प्रा.डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन् ।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा.कोइरालाले राजनीतिमा सत्यमा रहेर मात्र नहुने बताए । उनले सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्ने बताएका छन् ।
राजनीति सत्ताको भोग गर्न नभई जनताको सेवाका लागि भएको संयोजक प्रा.डा.कोइरालाले बताएका छन् । उनले सत्ताको दुरूपयोग गर्नेले राजनीतिमा आउन नहुने पनि बताएका छन् ।
संयोजक प्रा.डा.कोइरालाले मूल्य–मान्यता, विधि–पद्दतिको राजनीति पछि पर्दै सत्ता शक्ति र पैसा राजनीतिमा हाबी हुँदा चुनावहरू महङ्गो बन्दै गएको बताए ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया