सेनाका मेजर बलत्कार अभियोगको जाहेरीपछि काठमाडौंबाट पक्राउ
काठमाडौं । नेपाली सेनाका मेजर अनिलबहादुर बस्नेतलाई बलात्कार मुद्दाको अभियोगमा पक्राउ परेका छन् ।
एकसाता अगाडि प्रहरी वृत्त दरबारमार्गले मेजर बस्नेतलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी दानबहादुर थापाले घटना असोज ३ गतेको रहेको भन्दै पक्राउ परेका बस्नेत नेपाली सेनाको मेजर भन्ने रहे पनि आधिकारिकताका लागि नेपाली सेनालाई पत्राचार गरेर जानकारी माग गर्ने कार्य भएको बताए । पीडित भनिएकी युवती नेपाली मूलकी विदेशी नागरिक हुन् ।
ठमेलको एक रेस्टुरेन्टमा राति अबेरसम्म युवक–युवती बसेको प्रारम्भीक जानकारी आएको एसपी थापाले बताए । दुवैजना करीब तीन बजे ठमेलको ज्याठास्थित एक होटेलमा गएको जानकारी प्रहरीलाई आएको छ । युवक बिहान ६ बजे निस्किएका थिए भने युवती दिउँसो निस्किएको प्रहरीले उल्लेख गरेको छ । सोही बिहान आफूमाथि बलात्कार भएको युवतीको जाहेरीमा उल्लेख छ ।
घटनाको तीन दिनपछि युवतीले जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि प्रहरीले पक्राउ पुर्जी लिई बस्नेतलाई पक्राउ गरेको एसपी थापाले बताए ।
एसपी थापाले अभियुक्त बस्नेत सेनाको मेजर भए–नभएको आधिकारिक रूपमा बुझ्न नेपाली सेनालाई पत्राचार भए पनि जवाफ आइनसकेको बताएका छन् ।
अनुसन्धानको क्रममा केही दिनअघि मात्र युवक र युवतीबीच चिनजान भएको देखिएको जनाइएको छ । रेस्टुरेन्टमै भएको चिनजानपछि उनीहरू होटेलमा पुगेका थिए ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया