योगेन्द्र चौधरीद्वारा कांग्रेसको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले सहमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको आइतबार काठमाडौंमा शुरु हुन लागेको १५औँ महाधिवेशनमा चौधरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने जनाएका छन् ।
दाङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि रहेका चौधरीले पार्टीमा सबैलाई मिलाएर लैजाने र गुटगत राजनीतिको विपक्षमा आफू सधैँ रहेको बताए ।
उनले सहामहान्त्रीमा विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील पनि गरेका छन् ।
नेता चौधरीले कांग्रेसको वर्तमान अवस्था, बदलिँदो राजनीतिक परिस्थिति, कार्यकर्ता तथा जनताको अपेक्षा र पार्टीले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यानमा राख्दै सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताए ।
आफ्नो उम्मेदवारीलाई नेपाली कांग्रेसलाई थप एकताबद्ध, संगठित, जनमुखी, लोकतान्त्रिक र गतिशील बनाउने अभियानका रूपमा प्रस्तुत गरेको चौधरीले बताए ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया