चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका छन् ।

राष्ट्रिय च्याम्पियनद्वय अग्रिम सैंजुले युवा १३ वर्ष र अग्रता आचार्यले युवा ११ वर्षमा प्रतिस्पर्धा गर्नेछ । उनीहरूको साथमा खेलाडीका अभिभावक अमूल्य आचार्य साथमा गएका छन् ।

रसियाको बुनरेभोस्थित तुला क्षेत्रमा बिहीबारदेखि सञ्चालन हुने २०औं एशियाली विद्यालयस्तरीय चेस च्याम्पियनसिपमा क्लासिकल, रापिड तथा ब्लिट्ज विधा ९ चरणको खेल हुनेछ ।

एशियाली चेस महासंघ (एसिएफ)को सहकार्यमा स्थानीय आयोजकले फिडेको लागू कार्यविधि अधिनमा रहि प्रतियोगिता ९–९ चरणका खेल चल्नेछ ।

प्रतिस्पर्धा अक्टोबर १ देखि ११ खेलका लागि १२ राष्ट्रका ३२१ खेलाडीहरूको सहभागीता सुनिश्चित भइसकेको छ ।

प्रतियोगितामा नेपालसहित चीन, इन्डोनेसिया, भारत, इरान, काजकिस्तान, पाकिस्तान, रुस, श्रीलंका, ताजकिस्तान, तुर्किमिनिस्तान र उज्बेकिस्तानका उच्च वरीयता खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

जस अन्तर्गत छात्रातर्फ युवा ११ वर्षका अग्रता आचार्य र छात्रतर्फ युवा १३ वर्यका अग्रिम सैंजुले आफ्नो समूहमा स्वर्ण, रजत तथा काश्य पदकको लक्ष्य बोकेका छन् ।

खेलाडीको हवाइ टिकट, खाना तथा आवासको व्यवस्था नेपाल बुद्धिचाल महासंघको व्यवस्थापनमा भएको हो । पछिल्लो समय महासंघले नेपाली चेस खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय सहभागीताको अधिक अबसर श्रृजना गरिरहेको छ ।

Published : Thursday, 2026 October 1, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया