डा.शेखर कोइराला निकटका नेता तथा कार्यकर्ता देउवा पक्षको अधिवेशनमा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले भोलि बिहीबार गतेदेखि गर्न लागेको अधिवेशनका कार्यक्रमहरूमा नेता डा.शेखर कोइराला निटकटका नेता तथा कार्यकर्ताहरू पनि सहभागी हुने भएका छन् ।
नेता डा.कोइरालानिकट नेता कार्यकर्ताहरू शेरबहादुर देउवा पक्षको महाधिवेशनमा सहभागी हुने भएका हुन् ।
देउवा पक्षले भोलि बिहीबार असोज १५ गतेबाट वडा अधिवेशन गर्न लागेको छ । अधिवेशनमा स्वविवेकले नेता कार्यकर्ता सहभागी हुने डा.कोइराला सचिवालयले जनाएको छ ।
डा.कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार डा.कोइरालाले शेरबहादुर देउवा पक्षको महाधिवेशन प्रक्रियामा सहभागी हुनेहरूलाई रोकेका छैनन् ।
डा.कोइरालाले सदस्यता अद्यावधिक गराएरकाहरूलाई पनि महाधिवेशनमा सहभागी हुनबाट कसैलाई पनि रोकेका थिएनन् । भोलि बिहीबारबाट शुरु हुने देउवा पक्षको महाधिवेशनमा जानेहरूलाई नेता डा.कोइरालाले नरोक्ने थपलियाले बताएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया