अधिवेशनको पूर्वसन्ध्यामा देउवा पक्षद्वारा जिल्ला संयोजकहरूको नाम सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले ७७ वटै जिल्लामा जिल्ला सभापति र जिल्ला संयोजकहरूको खटाएको जनाएको छ ।
बुधबार सचिवालय समन्वय समिति संयोजक दीपकप्रसद कुईकेलले प्रेस विज्ञप्ति जारी गरेर ७७ वटै जिल्लामा शेरबहादुर देउवा पक्षीय नेताहरूको अधिवेशनका लागि जिल्ला सभापति र जिल्ला संयोजकहरूको नाम सार्वजनिक गरेका हुन् ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति शेरबहादुर देउवाको सभापतित्वमा नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन २०८३ मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व महामन्त्री प्रा.डा.शशांक कोइरालाको संयोजकत्वमा १५ औं केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरि जिल्लाहरूमा निम्नानुसार सभापति÷संयोजक मनोनयन गरेर जिल्ला तयारी समितिहरू गठन भइसकेको कुईकेलले बताएका छन् ।
‘जिल्ला तयारी समितिहरूले प्रतिनिधिसभा निर्वाचन क्षेत्र तयारी समितिहरू, प्रदेश सभा निर्वाचन क्षेत्र तयारी समिति, पालिका तयारी समिति, वडा तयारी समिति गठन गरि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
‘७७ वटै जिल्लाहरूमा केन्द्रीय निर्वाचन समितिको तर्फबाट निर्वाचन अधिकृत जिल्लाहरूमा पठाइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सबै तहका नेपाली कांग्रेसका साथीहरूलाई उत्साहपूर्ण ढंगबाट अधिवेशनमा सहभागी हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’
ताप्लेजुङमा राज थेवे, पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, मोरङ्गमा सुभाष पौडेल, सोलुखुम्बुमा प्रेमध्वज बस्नेत, खोटाङ्गमा रोजन राई, ओखलढुङ्गामा बालगोविन्द राजभण्डारी, उदयपुरमा वसन्त बस्नेत, सप्तरीमा सुरेन्द्र यादव, सिरहामा सन्तोषकुमार चौधरी, धनुषामा कोमलकान्त झालाई जिल्ला सभापति/संयोजक तोकिएको छ ।
महोत्तरीमा रामदयाल यादव, सर्लाहीमा हरेशप्रसाद महतो, बारामा राजेश राय यादव, पर्सामा विजय कर्ण, दोलखामा ताराकुमार खड्का, रामेछापमा जीतबहादुर मगर, सिन्धुलीमा खड्कबहादुर वाईवा, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल वि.क., नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङलाई जिल्ला संयोजक तोकिएको छ ।
काभ्रेपलाञ्चोकमा रमेशप्रसाद हुमागाईँ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुर मा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे, काठमाडौंमा जयकृष्ण महर्जन, गोरखामा भूगोल थापा, लम्जुङमा रामकृष्ण कँडेल, तनहुँमा प्रा.डा.कृष्ण गौतमलाई जिल्ला सभापति र संयोजक तोकिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कास्कीमा ऋषिराम काफ्ले, मनाङमा राजीव गुरुङ (दीपक मनाङे), पर्वतमा यामबहादुर मल्ल (रामकृष्ण), स्याङजामा ईन्द्रबहादुर गोदार, म्याग्दीमा हिराबहादुर पुन मगर, बाग्लुङमा सागर छन्त्याल, नवलपुरमा अशोक वस्ताकोटी, नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेललाई संयोजक तोकिएको छ ।
कपिलवस्तु मा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा बाबुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रुकुम (पूर्व)मा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मालाई संयोजक तोकिएको छ ।
बाँकेमा कृष्ण कार्की, बर्दियामा जग्गाप्रसाद पाण्डे, रुकुम (पश्चिम)मा नन्दबहादुर विष्ट, सल्यानमा यज्ञबिक्रम शाह, डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाहीलाई संयोजक तोकिएको छ ।
कालीकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा, सुर्खेतमा ललित भट्टराई, बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजङ्गबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, अछाममा कृष्णबहादुर बुढा, दार्चुलामा सुरेन्द्र अबस्थी, बैतडीमा वीरबहादुर बिष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुर मा पदम बोगटी र कैलालीमा खेमराज डगौरा थारुलाई जिल्ला सभापति/संयोजक तोकिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया