विवादित पृष्ठभूमिका सगुनद्वारा आफूलाई मतदान गर्न कांग्रेसका मतदाताहरूलाई धम्की
चौतारा । तथाकथित विशेष महाधिवेशनवालाहरूले गरेको नेपाली कांग्रेसको अधिवेशनमा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा सभापतिको उम्मेदवार बनेका विवादित पृष्ठभूमिका सगुन श्रेष्ठले आफूलाई मतदान गर्न धम्की दिएको आरोप लागेको छ ।
सिन्धुपाल्चोक १ मा क्षेत्रीय सभापतिमा उम्मेदवार बनेका सगुन र उनको समूहले मंगलबारको अधिवेशनलाई कब्जा गर्ने रणनीति बनाएपछि बिथोलेको छ । निर्वाचन समितिले अर्को सूचना नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।
श्रेष्ठ र जंगबहादुर लामाहरूको योजनामा हस्ताक्षर बिनाको मतपत्र दिने, मतदाताको नामावली सूचीबाट हटाउने लगायतका गडबढी गरेका थिए । त्यसपछि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले नाराबाजी गरेर निर्वाचन कार्यक्रम बिथोलिदिएका थिए ।
क्षेत्रीय सभापतिमा उम्मेदवार बनेका श्रेष्ठले केही क्षेत्रीय प्रतिनिधिहरूलाई आफूलाई मतदान गर्न दबाब र धम्की दिएको आरोप छ । श्रेष्ठका कारण गाउँका केही मतदाताहरू त्रसित बनेका छन् । प्रहरीलाई उजुरी गरेमा राम्रो नहुने धम्की श्रेष्ठ र उनको समूहले दिएको एकजना पीडितले बताएका छन् ।
बिगतमा टोले गुण्डाको छवि बनाएका श्रेष्ठ पटक पटक प्रहरी हिरासतका साथै जेलमा बसेर छुटेका व्यक्ति हुन् । उनलाई बिगतमा अपहरण, कुट्पिट, ठगी, पाकेटमार जस्ता आपराधिक घटनामा संलग्न रहेको आरोप लागेको थियो । अहिले पनि प्रहरीले श्रेष्ठलाई निगरानीमा राख्दै आएको छ ।
बदलिएको २.० कांग्रेसका गगन थापाले हाल श्रेष्ठलाई सबैभन्दा नजिक च्यापेर राखेका छन् । विवादित छविका श्रेष्ठका कारण गगनलाई नै क्ष्ति पुगेको छ ।
को हुन सगुन श्रेष्ठ ?
सिन्धुपाल्चोकको जुगल गाउँपालिका हगामाका श्रेष्ठको पृष्ठभूमि विवादास्पद रहेको प्रहरीले जनाएको छ । उनले अपराध लुकाउन बिभिन्न पार्टी चाहार्ने गरेका थिए ।
सगुन पहिलो संविधानसभा ०६४ मा सगनु माओवादीमा प्रवेश गरेका थिए । त्यतिबेला हगामका विभिन्न बुथ कब्जा गरेर श्रेष्ठले माओवादी उमेदवार अग्नि सापकोटालाई जिताउन सहयोग गरेको अहिले पनि एमाले कार्यकर्ताहरूले बताउने गरेका छन् ।
चुनावमा माओवादीलाई सहयोग गरे पनि अपराधिक पृष्ठभूमिका श्रेष्ठलाई माओवादीले खासै वास्ता नगरेपछि उनी रुष्ट भए । श्रेष्ठको समूहले बाह्रबिसेका गोविन्द थापाका छोरालाई अपहरण गरेर फिरौती असुल्न खोजेपछि माओवादीकै पहलमा श्रेष्ठविरुद्ध प्रहरीमा थापाले पहिलो पटक जाहेरी दिएका थिए ।

माओवादीसँग रुष्ट भएपछि उनी एमाले र कांग्रेसको सम्र्पकमा पुगेका थिए । श्रेष्ठले विभिन्न ठेक्कापट्टामा २ देखि ५ प्रतिशतसम्म रकम असुलेर व्यावसायीहरूलाई दुःख दिने गर्थे । श्रेष्ठ निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको सह–सचिव र उपाध्यक्ष समेत बनिसकेका छन् । तत्कालीन समयमा श्रेष्ठले ती दुवै पदमा कसैले उमेदवारी दिए काटिदिने धम्की दिएपछि कसैले पनि उमेदवारी दर्ता गराएका थिएनन् । त्यसपछि श्रेष्ठ निर्विरोध बनेका थिए ।
तातोपानी नाकाका व्यापारीहरूलाई धम्की दिने लगायतका गतिविधि गरेपछि कांग्रेसका नेताहरूले श्रेष्ठलाई च्याप्न छाडेका थिए । तत्कालीन समयमा कांग्रेस जिल्ला सभापति विकास लामा (निधन) लगायतको साथ पाएपछि श्रेष्ठ तरुण दलका केन्द्रीय सदस्य समेत भएका थिए ।
जलवीरे आसपासका विभिन्न योजनाहरूमा ठेकेदारहरूलाई धम्की दिएर रकम असुल्ने गरे पनि उनीविरुद्ध कोही पनि बोल्न सक्ने अवस्थामा थिएनन् ।
पाङताङ घर भएका स्थानीय जीवन श्रेष्ठलाई ०७० फागुन १२ गते राति बन्दुक देखाएर अपहरण गरेपछि श्रेष्ठले सगुनको विरुद्ध उजुरी दिएका थिए ।
सुगनसहित १२ जनाको समूहले गाउँबाटै जीवनलाई अपहरण गरेर निर्धात कुटपिट गरेका थिए । अपहरणकै भोलिपल्ट जीवनले श्रेष्ठसहित अन्यका विरुद्ध प्रहरीमा जाहेरी दिएपछि अन्य पाँच जना पक्राउ परे पनि श्रेष्ठ भने फरार रहेका थिए ।
फरार सूचीमा नै रहेको बेला सिन्धुपाल्चोक प्रहरीले ०७१ साल कात्तिक १७ गते श्रेष्ठ र उनका सहयोगी प्रेमलाल श्रेष्ठलाई प्रक्राउ गरी अदालतमा बुझाएको थियो । पुर्पक्षमा नै रहेका बेला मुद्दा कमजोर भएपछि उनी केही समयमा नै जेलबाट रिहा भएका थिए ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया