देउवा पक्ष कांग्रेसको अधिवेशन गर्न बिधिअनुसार अगाडि बढ्यो, आयोगलाई जानकारी प्रदान

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले निर्वाचन आयोगलाई १५औँ महाधिवेशनको कार्यतालिकाका बारेमा जानकारी गराएको छ ।

शेरबहादुर देउवा पक्षका नेताहरूले मंगलबार निर्वाचन आयोगको कार्यालय, कान्तिपथमा असोज १५ गतेदेखि वडा अधिवेशन गर्न लागेको भन्दै निवेदनसहितको पत्र दिएको हो । पत्रमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको छ ।

पत्रमा देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको र आयोगमा दर्ता भएको केन्द्रीय सदस्य एनपी साउदले बताएका छन् ।

आयोगले पनि शेरबहादुर देउवा पक्षको महाधिवेशनको कार्यतलिकाबारे पत्र मंगलबार पत्र प्राप्त भएको जानकारी दिएको छ ।

देउवा पक्षको पत्रमा नेपाली कांग्रेसको अधिवेशन असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ ।

देउवा पक्षले असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेको छ ।

मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका समूहले बाहिर ल्याएको छ ।

कांग्रेसभित्र समानान्तर रूपमा फरक–फरक महाधिवेशन प्रक्रिया अगाडि बढाइएको छ ।

तथाकथित विशेष महाविधेशनका नाममा गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । गगन समूहले असोज १८ गतेदेखि १५ औँ महाधिवेशन गर्दैछ । त्यसविरुद्ध देउवा पक्षले छुट्टै महाधिवेशन गर्न लागेको छ ।

नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । देउवा पक्षको मागअनुसार सर्वोच्च अदालतले निस्सा दिएपछि देउवा न्याय पाउनेमा आशावादी छ ।

Published : Wednesday, 2026 September 30, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया