पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङमा देउवा पक्षको अधिवेशन गर्न संयोजक तोकियो

काठमाडौं । नेपाली कांग्रेसमा गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे) प्रवेश गरेका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित निवासमा नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले गुरुङलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

पूर्वमन्त्री गुरुङलाई प्रा.डा.कोइरालाले १५औँ महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारी समेत दिएका छन् ।

Published : Tuesday, 2026 September 29, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया