गगनसँग सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका किशोरसिंहका ३ सांसद महाधिवेशन प्रतिनिधिमै पराजित

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नं। २ मा भएको अधिवेशनमा नेता किशोरसिंह राठौर निकटका लुम्बिनी प्रदेश सभाका ३ जना प्रदेश सांसदहरू महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

बाँके २ मा सोमबार भएको निर्वाचनमा लुम्बिनी प्रदेश सभा सांसदहरू माया पुन मगर, मीना सिद्धिकी र सुशीला वादी नेपाली रहेका छन् । उनीहरू प्रतिनिधिमा चयन हुन सकेनन् ।

पूर्व प्रदेश सांसद याकुव अन्सारी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पराजित हुने सबै समानुपातिकबाट प्रदेश सांसद भएकाहरू हुन् ।

नेता किशोरसिंह राठौरले तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापासँग १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । सभापति पदमा उम्मेदवार घोषणा गरेका राठौर निकट लुम्बिनी प्रदेश सभाका ३ सांसदहरूलाई गगन समूहले महाधिवेशन प्रतिनिधिमा हराइदिएर चकित तुल्याइदिएका छन् ।

तत्कालीन समयमा शेरबहादुर देउवाले नै किशोरसिंह राठौरलाई लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद बनाउन कोटा दिएका थिए । देउवाको आशीर्वादले सांसद बनाएका सबैलाई गगन समूहले महाधिवेशन प्रतिनिधिमा हराएर किशोरसिंह राठौरको औकात देखाइदिएको छ ।

Published : Tuesday, 2026 September 29, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया