पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणमा एसएसपी खड्कालाई आयोगले काट्यो पत्र
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि पत्र काटेको छ ।
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो ।
आयोगका सचिव मुरारी खरेलले मानव अधिकार हनन् र संविधान पालनाको कुरा उठेको र आयोगको अनुगमनका लागि सदस्यसहित पुगेको टोलीलाई समेत भेट्न नदिनुको कारण सोध्न पत्र लेखिएको बताएका छन् ।
पूर्व प्रधानन्यायाधीश जबरालाई पक्राउ पुर्जीसमेत नइिई अपराध अनुसन्धान कार्यालयमा ल्याएको समाचार सार्वजनिक भएपछि आयोगको टोली अनुगमनका लागि पुगेको थियो ।
टेकु पुगेको टोलीलाई समेत भेट्न रोक लगाएको करीब ४५ मिनेट गेटमा नै रोकिएपछि आयोगले आपत्ति जनाएको थियो ।
पूर्व प्रधानन्यायाधीश जबरालाई प्रहरीले बिनाकारण नियन्त्रणमा लिएको घटनामा आयोगले अनुसन्धान पनि थालेको उनले बताए ।
आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली पूर्व प्रधानन्यायाधीश जबरालाई भेट्न पुगेको थियो ।
आइतबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा थ्रेट भन्दै उनलाई महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो । मध्यरातमा पुगेको टोलीले बिहान ३ बजे जबरालाई टेकु ल्याएको थियो ।
उक्त घटनामा मानव अधिकार र संविधानले सम्मानपूर्वक बाँच्न पाउने हक हनन् भएको भनि चौतर्फी आलोचना भइरहेको अवस्थामा आयोगले अनुसन्धान समेत शुरु गरेको हो ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया