कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्षले दिए जसबहादुरलाई ‘विष्णु भगवान अवतार’को प्रमाण पत्र
तमानखोला । बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको अवतार’को प्रमाणपत्र दिएका छन् ।
अध्यक्ष मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको अवतार’ भएको भन्दै सिफारिस गरिएको पत्र सामाजिक सञ्जालमा छरपस्ट भएको छ ।
जसबहादुर कामी ‘विष्णु भगवानको अवतार’ भएको भनेर गाउँपालिकाले दिएको प्रमाणपत्रमा अध्यक्ष मगरको हस्ताक्षर रहेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित तमानखोला गाउँपालिकाका अध्यक्ष मगरले सम्बन्धित व्यक्तिको मागअनुसार ‘विष्णु भगवानको अवतार’ भनेर सिफारिस अर्थात् प्रमाण पत्र उपलब्ध गराएपछि खैलाबैला भएको छ ।
प्रमाण पत्रमा तमानखोला वडा नम्बर १, हिजा निवासी पुन्टे कामीको छोरा जसबहादुर कामीलाई ‘भगवानको अवतार’ भएको उल्लेख गर्दै प्रमाण पत्र प्रदान गरिएको देखिएको छ ।
तमानखोला गाउँपालिकाका सूचना अधिकार बीरेन्द्रबहादुर कठायतले आफू सरुवा भएर आएको केही समय मात्रै भएकाले सो विषयमा जानकारी नरहेको बताए । उनले भने, ‘म पनि सरुवा भएर आएको केही समय मात्रै भएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यो विषय मैले पनि पढेको र हेरेको हुँ । यो विषयमा अध्यक्षज्यूसँगै बुझ्दा राम्रो होला ।’
गाउँपालिका अध्यक्ष मगरले जसबहादुर कामीलाई विष्णु भगवानको अवतारको प्रमाण पत्र दिएको स्थानीय पत्रकारहरूसँग स्वीकार गरेका छन् । ‘पत्रमा जेलेखिएको छ त्यही हो,’ अध्यक्ष मगरले स्थानीय पत्रकारहरूसँग भनेका छन् ।
अध्यक्ष बुढाले २०८१ भाद्र ७ गते प्रमाण पत्र दिएको पत्रमा उल्लेख छ ।
अध्यक्ष मगरले स्थानीय पत्रकारहरूसँग सम्बन्धित व्यक्तिको मागका आधारमा सिफारिस गरिएको बताएका छन् ।
सामाजिक सञ्जालमा फैलिएको पत्रमा गाउँपालिकाको लेटरहेड प्रयोग गरिएको र अध्यक्ष मगरको हस्ताक्षर तथा छापसमेत देखिन्छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया