ज्ञानेन्द्र, मोहन लगायतका करोडौंका भ्रष्टाचार काण्डमा डामिएकाहरूलाई गगनले सुनपानी छर्किएर चोख्याए
काठमाडौं । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगनकुमार थापाले ९ करोड २२ लाख घुस प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका मोहनबहादुर बस्नेत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ३ अर्ब ६२ करोडको भ्रष्टाचारमा मुछिएका ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनपानी छर्किएर चोख्याएका छन् ।
केही दिन अगाडि सानेपामा गगनले लाखौँ/करोडका भ्रष्टाचार काण्डमा मुछिएका तथा दोषी ठहर भएका आधा दर्जन नेताहरूलाई स्वागत गरेका हुन् । ती नेताहरूलाई गगनले सुनपानी छर्किएर चोख्याएको भनेर कांग्रेसभित्र निकै चर्चा भइरहेको छ ।
भ्रष्टाचार र भ्रष्टाचारीबिरुद्ध कसैसँग सम्झौता गर्दैन भन्ने गगनले भ्रष्टाचार ठहर भएका र अर्बका भ्रष्टाचार काण्डका अभियुक्तहरूलाई सानेपामा भव्य स्वागत गरेपछि गगन पनि व्यक्ति स्वार्थका लागि जे पनि सम्झौता गर्छन् भन्ने कुरालाई प्रमाणित गरेका छन् । बिगतमा बिभिन्न काण्ड लागेका गुण्डा, अपहरणकारी, अपराधमा संलग्नहरूलाई पनि गगनले सानेपामा बोलाएर सुनपानी छर्किएका छन् ।
बिगतमा बिभिन्न काण्ड र मुद्दाहरू खेपेका तथा सफाइ पाएका दावा लामा, सगुन श्रेष्ठ, झिँगे, सिजुन गुरुङ, राधे भण्डारी लगायतका व्यक्तिहरूलाई गगनले सानेपामा सुनपानी छर्किएर चोख्याएका छन् । सुवास पोखरेल नक्सालको बालमन्दिरको जग्गा घोटाला काण्डमा मुछिएका छन् । पोखरेलले मुद्दा खेप्दै आएका छन् । यस्ता काण्डमा मुछिएकाहरूको सूची निकै लामो छ ।
सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी ठहरिएका सर्लाही कांग्रेसका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहलाई पनि गगनले सुनपानी छर्किएर चोख्याएका छन् । प्रतिनिधि सभा निर्वाचनमा गगन उनै भ्रष्टाचारी सुरेन्द्र सिंहको घरमा बसेर प्रचार प्रसार समेत गरेका थिए । भ्रष्टाचारी ठहर भएका सुरेन्द्र सिंह तथा उनका भाइ वीरेन्द्रप्रसाद सिंहको सल्लाह र सुझावमा गगन सर्लाही ४ मा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । गगनलाई सर्लाही ४ का जनताले १२ हजारभन्दा धेरै मतको अन्तरले हराएर दण्ड दिइसकेका छन् । गगनको तथाकथित विशेष महाधिवेशनको औचित्य छैन भन्ने कुरा प्रतिनिधि सभा निर्वाचनले देखाइसकेको छ ।
विशेष अदालतबाट काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर (हाल निलम्बन) मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले उनीविरूद्ध सम्पत्ति शुद्धीकरण र घुस लेनदेन मुद्दा दायर गरेको थियो । बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । करोडौंको भ्रष्टाचारमा दोषी ठहर गर्ने विशेष अदालतको फैसलाबिरुद्ध नेता बस्नेतले हाल सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
पद्मा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि घुस दिएको आरोप थियो । कँडेलले मेयर बस्नेतलाई ९ करोड २२ लाख ४६ हजार ३२ रुपियाँ घुस दिएको अख्तियारले दाबी गरेको थियो । अदालतले बस्नेतले उक्त घुस लिएको देखिएको आदेशमा उल्लेख गरेको छ ।
अख्तियारले सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपियाँ बिगो कायम गरेको थियो । त्यसमा पनि अदालतले दोषी देखाएको हो ।
अख्तियारले मेयरकी श्रीमती उर्मिलालाई पनि प्रतिवादी बनाएको थियो । ‘अर्का प्रतिवादी उर्मिला बस्नेतको हकमा निजले जानी जानी घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नभएको निजले सफाइ पाउने,’ आदेशमा भनिएको छ । उर्मिलाले घुस लिएको कसूर र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले सफाइ दिएको हो ।
पद्मा कोलनीका सञ्चालक कँडेललाई पनि सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । कँडेललाई घुस दिएको कसूरमा भने अदालतले दोषी ठहर गरेको हो ।
उता, विशेष अदालतले पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग १५ लाख रुपियाँ धरौटी माग गरेपछि धरौटी बुझाएर छुटेका छन् । न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग १५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपियाँ बिगो दाबी गरेको छ ।
गगनले सुनपानी छर्किएर चोख्याएका नेताहरूको सूची लामो छ । नक्सालको बालमन्दिरको जग्गा काण्डमा मुछिएकादेखि भू–माफियाहरूलाई पनि गगनले सुनपानी छर्किएर चोख्याएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया