भदौ २४ गते रास्वपा सभापति लामिछानेसँगै नख्खु कारागारबाट फरार भएका पुरी मण्डनदेउपुरमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका बर्ष २६ का आर्यन पुरीलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले फरार पुरीलाई असोज ६ गते मंगलबार काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ८ कान्ताबेशीबाट पक्राउ गरिएको एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ बस्ने पुरीलाई अदालतबाट जबरजस्ती करण मुद्दामा दोषी ठहर भइ १८ बर्ष कैद सजाय कायम भएको छ ।

जेनजी आन्दोलनका क्रममा पुरी गत भदौ २४ गते कारागार कार्यालय नख्खु, ललितपुरबाट फरार भएका थिए । उनले १७ बर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेको छ ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारा कार्यालय, नख्खुबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि फरार भएका थिए । निकै आलोचना भएपछि लामिछाने कारागार फर्किएका थिए ।

Published : Tuesday, 2026 September 22, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया