सुर्खेतमा कांग्रेसको अधिवेशन गराउन युवा नेता शाहीलाई जिम्मेवारी, डा.कोइराले दिए केन्द्रीय प्रतिनिधिको पत्र
वीरेन्द्रनगर । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले युवा नेता महेन्द्र शाहीलाई नेपाली कांग्रेस सुर्खेतको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएर फिल्डमा खटाएका छन् ।
नेता पूर्णबहादुर खड्का आफूलाई तटस्थ राखेपछि सुर्खेतमा अधिवेशन गर्न युवा नेता शाहीलाई जिम्मेवारी दिइएको छ । खड्काको गृहजिल्ला सुर्खेतमा शेरबहादुर देउवा पक्षीय नेताहरूको १५औँ महाधिवेशनको तयारी र वडादेखि जिल्ला अधिवेशन गर्न संयोजक प्रा.डा.कोइरालाले युवा नेता शाहीलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी तोकेका हुन् ।
सुर्खेतका लागि देउवा पक्षले युवा नेता शाहीलाई जिम्मेवारी दिएर पठाएपछि जिल्लाभरिका कांग्रेसका नेता तथा कार्यकर्ताहरू विशेष गरि युवाहरूमा उत्साह बढेको छ ।
संयोजक प्रा.डा.कोइरालाले पत्रमा भनेका छन्, ‘२०८३ श्रावण २९, ३० र ३१ गते भएको नेपाली कांग्रेसको राष्ट्रिय भेला, सम्मेलनको निर्देशन बमोजिम नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिको २०८३ भदौ १७ र १५ गते बसेको बैठकले नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्नेगरी असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र एवम् प्रतिनिधिसभा निवांचन क्षेत्र क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ ।’
‘अधिवेशन सम्पन्न गर्नका लागि ७७ बटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पठाउने निर्णय भए अनुसार तपाईलाई सुर्खेत जिल्लाको केन्द्रीय प्रतिनिधि मनोनयन गरिएको छ। केन्द्रीय प्रतिनिधिको रूपमा यथाशीघ्र जिल्लाहरूमा पुगी भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, भदौ २८ गतेभित्र संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति र प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, असोज ३ गतेभित्र पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समिति गठन गरिसक्नुहुनेछ र प्रतिवेदन समयमै केन्द्रीय तयारी समितिमा पठाउनुहुनेछ भन्ने विश्वास लिएको छु,’ पत्रमा प्रा.डा.कोइरालाले भनेका छन् ।
जीवनबहादुर शाही तथाकथित विशेष महाधिवेशन पक्षधरतिर लागेपछि नेपाली कांग्रेस कर्णालीको प्रदेश सभापतिमा समेत युवा नेताहरूलाई ल्याउने तयारी भएको छ । प्रदेश संयोजक बनाएर नेपाली कांग्रेसका हाइज्याकर गगन थापालाई देउवा समूहले सशक्तरुप शक्ति देखाउने तयारी गरेको छ ।
पूर्वमन्त्री ऐनबहादुर शाही, युवा नेतृ एवम् पूर्वसांसद रंगमती शाही, युवा नेता एवम् नेपाल तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाही, महेन्द्र शाहीसहितका सयौँ नेताहरू कर्णाली प्रदेशमा असोज १५ गतेदेखि अधिवेशन गर्न लागेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया