प्रधानमन्त्रीले न्यायलयको गरिमा राखे, झगडिया विश्वप्रकाशलाई कांग्रेसको उपसभापतिका रुपमा चिनेनन्
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सर्वोच्च अदालतको गरिमालाई कायम राख्दै तथाकथित विशेष महाधिवेशनबाट आफूलाई नेपाली कांग्रेसको उपसभापति घोषणा गरेका विश्वप्रकाश शर्मालाई पहिचान दिन अस्वीकार गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहको निजी सचिवालयले जारी गरेको फेसबुक पेज (प्रेस नोट)को सूचनामा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई उनको पदसहित सम्बोधन गरिएको छ । विश्वप्रकाश शर्मालाई नेपाली कांग्रेसको उपसभापति भनिएको छैन ।
प्रधानमन्त्रीको फेसबुक पेजमा राखिएको सूचनामा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ ।’
‘संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनुभएको थियो,’ प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित हुनुहुन्थ्यो ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ,’ प्रेस नोटमा भनिएको छ ।
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । सर्वोच्च अदालतमा कांग्रेसको मुद्दा बिचाराधीन रहेको विषयलाई प्रधानमन्त्री शाहले सम्मान गर्दै विश्वप्रकाश शर्मालाई कुनै पनि मान्यता नदिएको हुन सक्ने विश्लेषण भएको छ ।
गगन थापा र विश्वप्रकाश शर्माले तथाकिथत विशेष महाधिवेशनका नाममा नेपाली कांग्रेसलाई हाइज्याक गरेर गगनले आफूलाई सभापति र विश्वप्रकाशले आफूलाई उपसभापति घोषणा गरेका छन् । सर्वोच्च अदालतमा शेरबहादुर देउवा पक्षले पुनरावलोकनको निवेदन दिएपछि निस्सा पाएको छ । कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला प्रधानमन्त्री शाहले झगडिया विश्वप्रकाश शर्मालाई कांग्रेसको उपसभापति मान्न अस्वीकार गरिदिएका हुन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया