चार पूर्व जिल्ला सभापतिसहित दुई सय जिल्ला नेताहरूद्वारा दाङमा गगन समूहको अधिवेश बहिस्कार

घोराही । नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरूसहितका दुई सयभन्दा धेरै नेताहरू तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको वडा अधिवेशनलाई बहिस्कार गरेका छन् ।

बहिस्कार गर्नेहरूमा पूर्व सभापतिहरू कृतिबहादुर खड्का, घनश्याम रेग्मी, वीरकेशरी गौतम र गेहेन्द्र गिरी रहेका छन् । उनीहरूले पार्टीभित्र बृहत एकताका लागि दबाब सिर्जना गर्न तथाकथित वडा अधिवेशनलाई बहिस्कार गरेका हुन् ।

दाङमा गगन समूहको वडा अधिवेशन बहिस्कार गर्नेहरूमा नेताहरू बमबहादुर डी.सी.(लुम्बिनी प्रदेश सदस्य सचिव), नदन शर्मा, गोपालराज शर्मा, बद्री खडका, श्याम रेग्मी (राप्ती बबई क्याम्पसका अध्यक्ष), कुमुदराज शर्मा, ध्रुवकुमार ज्ञवाली, पूर्ण मल्ल, खेम विश्वकर्मा, दिलिप आचार्य, हेमन्त योगी, टीका डाँगी, सुना गुरुङ, युवराज खडका, निमा डीसी, पुष्कर रेग्मी लगायतका जिल्लास्तरका दुई सयभन्दा धेरै नेताहरू छन् ।

तथाकथित बिशेष महाधिवेशनबाट गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका छन् । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ ।

शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अबैधानिक रुपमा गगन थापाले हाइज्याक गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । देउवाको मागअनुसार सर्वोच्च अदालतले निस्सा दिएको छ ।

सर्वोच्च अदालतमा नेपाली कांग्रेसको मुद्दा बिचाराधीन रहेका बेला गगन थापाले कांग्रेसलाई वडादेखि नै बिभाजन गर्ने उद्देश्यले एकलौटी रुपमा अधिवेशन गरेपछि नेपाली कांग्रेसप्रति माया भएका र स्वार्थ बिहीन दाङका नेताहरूले तथाकथित अधिवेशनलाई बहिस्कार गरिदिएका हुन् ।

Published : Monday, 2026 September 21, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया