कांग्रेसको खाता प्रयोग नगरी गगनले अध्यावधिको रकम निजी कम्पनीको खातामा राखे
काठमाडौं । तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेस हाइज्याक गरेका गगनकुमार थापाले १५औँ महाधिवेशनका लागि नवीकरण गरिसकेका क्रियाशील सदस्यहरूलाई कथित अध्यावधिका नाममा उठाएको रकम ‘टेक हिमालय सफ्टवेर सोलुशन प्रा.लि.’को खातामा सिधै गएको फेला परेको छ ।
अध्यावधिको रकम नेपाली कांग्रेसको खातामा सिधै नराखेर बदलिएको २.० कांग्रेसका गगन थापाले ‘टेक हिमालय सफ्टवेर सोलुशन प्रा.लि.’को ई–सेवा खातामा सिधै जम्मा गराएपछि गम्भीर प्रश्न उठेको छ । विधि, प्रक्रिया र सुशासनको कुरा गर्दै आएका गगनले कांग्रेसको खाता प्रयोग नगरेर निजी कम्पनीको ई–सेवाको खातामा ८ लाखभन्दा धेरै क्रियाशील सदस्यहरूको अध्यावधिको रकम जम्मा गरे प्रश्न उठेको छ ।
अध्यावधिको रकम निजी कम्पनीको खातामा जम्मा भएको विषयमा गगनका लास र दासहरूले अहिलेसम्म प्रश्न उठाउन सकेका छैनन् । अध्यावधिबाट कति रकम उठेको हो कांग्रेस केन्द्रीय कार्यालय, सानेपाले पनि अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । अध्यावधिको रकम निजी कम्पनीको खातामा किन जम्मा गरिएको हो भनेर प्रतिक्रिया लिन नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपाको फोनमा सम्पर्क गर्दा फोन उठेन ।
कथित अध्यावधिका नाममा गगन थापाले लाखौँ रुपियाँ उठाएका छन् । त्यसका विषयमा सार्वजनिक रुपमा जानकारी दिनुपर्छ ।
नेपाली कांग्रेसको अध्यावधिको रकम ‘टेक हिमालयन सफ्टवेर सोलुशन प्रा.लि.’को ई–सेवाको खातामा जम्मा भएको हो भनेर सोधिएको प्रश्नको जवाफमा चिफ एक्जुकेटिभ अफिसर आशिष ढकालले केही दिनको लागि नेपाली कांग्रेसको अध्यावधिको रकम आफूहरूको कम्पनीको खातामा जम्मा भएको स्वीकार गरेर । ढकालले पछि सो रकम कांग्रेसको खातामा पठाइदिएको बताए ।
चिफ एक्जुकेटिभ अफिसर आशिष ढकाल र चिफ टेक्नोलोजी अफिसर आदर्श ढकाल रहेको कार्यालय चितवनको भरतपुर महानगरपालिका– ५ मा रहेको छभने विदेशमा अमेरिकाको न्यूयोर्कमा यसको कार्यालय रहेको वेबसाइटमा उल्लेख छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया