कान्छारामको गृहजिल्लाको वडामा गगन समूहको अधिवेशनमा सहभागी नहुने, बहिस्कार गर्ने निर्णय
मन्थली । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला गगन थापाको वडा अधिवेशनलाई नेपाली कांग्रेस मन्थली नगर वडा नं. १४ ले बहिस्कार गर्ने निर्णय गरेको छ ।
रामेछापको मन्थलीमा आइतबार बसेको वडा कार्यसमितिको बैठकले तथाकथित विशेष महाधिवेशनवालाहरूको वडा अधिवेशनमा सहभागी नहुने सर्वसहमतिमा निर्णय गरिएको वडा सभापति बीरबहादुर तामाङले जनाए ।
निर्णयमा भनिएको छ, ‘यही असोज ३ र ४ गते र इतर समूहबाट आयोजित असोज १५ गतेको इकाइ वडा अधिवेशनमा यसै मन्थली वडा नं. १४ का सम्पूर्ण दुबैतर्फका क्रियाशील सदस्यहरू अथवा तपशिल बमोजिमका सम्पूर्ण सदस्यहरू कुनै पनि वडाका इकाइ अधिवेशनमा सहभागी नहुने भनि सर्वसहमतिबाट पारित गरियो ।’
मन्थली नगर वडा नं. १४ मा कुनै पनि समूहबाट गरेका अधिवेशनमा सहभागी नहुने बारेमा सामाजिक सञ्जालमार्फत् जानकारी दिने निर्णय पनि भएको वडा सभापति तामाङले बताएका छन् ।
तथाकथित विशेष महाधिवेशनको नामबाट नेपाली कांग्रेस हाइज्याक गरेका गगन थापाले एकलौटी रुपमा वडा अधिवेशन गर्न लागेपछि पार्टी विभाजन हुन सक्नेभन्दै सयौं वडाहरूमा तथाकथित वडा अधिवेशन बहिस्कार गर्नेदेखि क्रियाशील सदस्य तथा स्थानीय नेताहरू निस्क्रिय बस्ने कार्य भएका छन् ।
गगन थापाले राजनीतिक प्रतिशोध राखेर नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई अनुशासनको कारबाही गरेका छन् । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनमा सक्रिय रुपमा लागेका छन् । कान्छारामको गृहजिल्लाको वडामा गगन समूहको अधिवेशनमा भाग नलिने अर्थात् बहिस्कार गर्ने निर्णयसँगै ठूलो हलचल उत्पन्न भएको छ ।


बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया