सशस्त्र प्रहरी नायव निरीक्षकको हत्या गर्ने मुख्य अभिुक्तलाई ईन्काउन्टर गरि पक्राउ

लहान । जिल्ला प्रहरी कार्यालय, सिरहाले गोली प्रहार गरेर ज्यान मार्ने उद्योग र सावरी ज्यान तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी मोहम्मद कुरवान मंसुरी भन्ने मोहम्मद कुरवानलाई पक्राउ गरेको छ ।

२०८१/०८/१६ गते बिहान ०३ः०० बजेको समयमा सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीस्थित नेपाल–भारत सिमाना नजिक नेपलबाट भारततर्फ टाटा सफारी गाडीमा ठूलो मात्रामा मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा बी.ओ.पी.बडारीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मणप्रसाद यादव नेतृत्व समेतको टोलीले उक्त गाडी रोकेर चेकजाँच गरेको थियो ।

खोज्दा डीएल ५ सीजे ७१७१ नम्बरको गाडीले ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मणप्रसाद यादवलाई ज्यान मार्ने उदेश्यले ठक्कर दिई किची ज्यान मारेकोमा उक्त घटना पश्चात फरार रहेका प्रतिवादीहरूमध्येका मुख्य प्रतिवादी टाटा सफारीका धनी तथा चालक भारतको बिहार राज्य जिल्ला मधुवनी थाना ललबनियाँ गाउँ घोडमोहना घर भई सिरहाको नवराजपुर गाउँपालिका– ५ बस्ने मोहम्मद मोकिन मंसुरीको छोरा वर्ष ३७ का मोहम्मद कुरवान मंसुरी भन्ने मोहम्मद कुरवानलाई इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले गोली प्रहार गरि पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2026 September 19, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया