गगनको अधिवेशनमा विभाजित मन, फेरि पनि कीर्ते र नौटंकी, दुई हप्तापछि सर्वोच्चमा कांग्रेसको पेसी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचारधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनको नामबाट पार्टीलाई हाइज्याक गरेको समूहले एकलौटी रुपमा विभाजन हुने गरेर शुरु गरेको वडा अधिवेशनमा रौनक देखिएको छैन ।

नेपाली कांग्रेसले विगतमा अधिवेशन शुरु गर्दा देशभरि निकै ठूलो माहोल हुने गरेको थियो । कांग्रेसको वडा अधिवेशन शुरु हुँदा उत्सवका रुपमा हुने गरेको थियो ।

कांग्रेसका हाइज्याकर गगन थापा समूहले शुरु गरेको वडा अधिवेशन बिभाजित मनस्थितिबाट गुज्रिएको छ । नेता तथा कार्यकर्ताहरूमा कुनै पनि रौनक छैन । वडा अधिवेशनमा सहभागी भएका नेता तथा कार्यकर्ताहरू पनि विभाजित मन लिएर सहभागी भएका छन् ।

गगन समूहको घमण्ड र अहँकारले गर्दा हजारौँ वडाहरूमा अधिवेशन हुन सकिरहेका छैनन् । धेरै वडाहरूमा गगन समूहका नेताहरू प्रवेश गर्न सकेका छैनन् । गगन समूहले कागजी रुपमा सर्वसम्मत अधिवेशन गरेको नौटंकी गर्न लागेको नेताहरूले बताएका छन् ।

नेपाली कांग्रेस १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाले कांग्रेसको आधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । सर्वोच्च अदालतले पनि देउवाको पक्षमा निस्सा दिएको छ । सम्भवत सर्वोच्च अदालतले कांग्रेसको पुनरावलोकनको मुद्दाको पेस असोजको १८ गतेको आसपास तोक्ने सम्भावना छ । कानून व्यवसायीहरूका अनुसार अदालती प्रक्रिया असोजको १८ गतेको आसपास समाप्त हुनेछ । त्यसपछि सर्वोच्च अदालतले पेसी तोक्ने कानून व्यवसायीहरूको भनाइ छ ।

तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले एकलौटी रुपमा कांग्रेस विभाजन हुने गरेर अधिवेशनको कार्यतालिका सार्वजनिक गरेर अगाडि बढेपछि पार्टीलाई विभाजनबाट रोक्न शेरबहादुर देउवा पक्षीय नेताहरूले पनि अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । देउवा पक्षले असोजको १५ गते वडा अधिवेशन गर्नेछ ।

गगन थापाले वडा अधिवेशन गरेर नौटंकी गर्दै पार्टी विभाजनको गतिविधि गरे पनि देउवा समूह नेपाली कांग्रेसका लागि जिम्मेवार बनेको छ । कांग्रेसलाई विभाजन भन्दा पनि सर्वोच्च अदालतबाट फिर्ता ल्याएर बृहत एकतासहित देशभरिका लाखौँ नेता तथा कार्यकर्ताहरूलाई समेट्ने योजनामा छ ।

Published : Saturday, 2026 September 19, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया