कांग्रेसको नामबाट जर्मनीमा एमाले समर्थक महिलाको व्यक्तिगत खातामा राहत संकलन, सभापति खड्काद्वारा अपात्ति
बर्लिन । अबैधानिक व्यक्तिहरूले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति जर्मनीको नाममा रसुवा भोटेकोशी बाढी प्रभावितको नाममा राहत संकलन गरेको खुलासा भएको छ ।
आफूलाई नेपाली जनसम्पर्क समिति जर्मनीको संयोजक दाबी गर्दै आएका विजय मोक्तानले रसुवा बाढी प्रभावितका लागि जर्मन सरकारको कानून विपरीत नेपाली जनसम्पर्क समिति जर्मनीको नामबाट राहत संकलन गरेका हुन् । विजयले जनसम्पर्क समितिको नाममा लेटेर हेडसहितको पत्र दुरुपयोग गरेको विषयमा सोधिएको जिज्ञासामा नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले आफूले पनि सामाजिक सञ्जालबाट समितिको लेटर हेडसहितको पत्र चोरी गरेर रसुवा बाढी प्रभावितको नाममा अबैधानिक रुपमा चन्दा संकलन गरेको जानकारी प्राप्त गरेको बताए । यस विषयमा आफू जर्मन सरकारसँग कानूनी उपचारमा जान लागेको खड्काले बताए ।
विजयले एमाले समर्थक निनाममाको व्यक्तिगत खातामा रसुवा बाढी प्रभावितका लागि रकम संकलन गरेर जम्मा गरेको भौचरमा देखिएको छ । विजयले राहतका नाममा रकम उठाएको र समितिको लेटेर हेडसहितको पत्रमा प्रमाणपत्र दिएको पनि देखिएको छ ।
विजय र निनाममाले समितिको नाममा अबैधानिक रुपबाट करीव ५०/६० लाख संकलन गरेको अनौपचारिक जानकारी आएको सभापति खड्काले बताए ।
संकलन भएको रकम विजय र निनाममाले नेपालमा कसरी र कुन माध्यमबाट पठाएका हुन् खड्काले जानकारी माग गरेका छन् । विजय र निनाममाले अबैधानिक रुपमा संकलन गरिएको रकम विजय र निनाममाले हुण्डीमार्फत् पठाएको आशंका छन् । जर्मनीमा रसुवा बाढी प्रभावितका लागि संकलन भएको रकम विजय र निनाममाले हुण्डीबाट नेपाल पठाएका हुन् भने झन् त्यो ठूलो कानूनी अपराध हुनेछ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति जर्मनीको सभापति खड्का छन् । यद्यपि, सानेपाको पत्र देखाउँदै विजयले अबैधानिक गतिविधि गरेपछि सभापति खड्काले जर्मनीमा कानूनी उपचार खोज्ने बताएका छन् ।
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दाको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेका बेला केही समूहले नेपाली जनसम्पर्क समिति जर्मनीमाथि ‘क’ गर्ने प्रयास गरेका छन् ।
जर्मनीमा बसेर राजनीतिक गतिविधि गर्ने हो भने जर्मनीको कानूनअनुसार दर्ता भएर गतिविधि गर्नुपर्छ । सानेपाको अबैधानिक पत्रलाई देखाएर विजय मोक्तानले गरिरहेको गतिविधि जर्मन सरकारको कानूनको बर्खिलाप रहेको सभापति खड्काले बताएका छन् ।
विजय मोक्तान तथाकथित विशेष महाधिवेशन अर्थात् नेपाली कांग्रेसका हाइज्याकर गगन थापाका प्रवक्ता देवराज चालिसे निकट मानिन्छन् ।



बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया