कांग्रेसका हाइज्याकर गगनले जनताबाट दण्ड पाएको सर्लाहीका कार्यबाहक सभापति र क्षेत्रीय सभापतिले राजीनामा दिए
काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमार कौडेना र सर्लाही क्षेत्र नं. २ (२)का क्षेत्रीय सभापति भिखारी ठाकुरले साधारण सदस्यता समेत नरहने गरि पदबाट राजीनामा दिएका छन् ।
कार्यबाहक सभापति कौडेनाले पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियामा लोकतान्त्रिक मूल्य, मान्यता र पद्धति पालना नभएको आरोप लगाउँदै साधारण सदस्यता समेत नरहने गरि पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार कौडेनाले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा राजीनामा पत्र बुझाएका हुन् । सर्लाही क्षेत्र नम्बर २ मा क्रियाशील सदस्यता वितरणका क्रममा भएको धाँधलीपूर्ण व्यवहारप्रति कार्यबाहक सभापति कौडेनाले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मूल आदर्श मानी विधिको शासन तथा समतामूलक समाज निर्माणमा अघि बढ्दै आएको बताउँदै कौडेनाले पछिल्लो सदस्यता वितरण प्रक्रियाले पार्टीभित्रका लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठेको बताएका छन् ।
कौडेनाले पार्टीका संस्थापक नेताहरू वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको विचार तथा दृष्टिकोणबाट पार्टी विमुख हुँदै गएको आरोपसमेत लगाएका छन् ।
स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका निर्वाह गरेका भनिएका व्यक्तिमाथि कारबाही गर्नुको सट्टा क्रियाशील सदस्यता प्रदान तथा नवीकरण गरिएको विषयले सर्लाहीका कांग्रेस कार्यकर्ताको भावना र मनोबलमा गम्भीर असर परेको कार्यबाहक सभापति कौडेनाले बताएका छन् ।
यस्ता गतिविधि आफूलाई असह्य भएको उल्लेख गर्दै कौडेनाले नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको पदसँगै नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।
कौडेनाले आफ्नो राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गर्न पार्टी नेतृत्वसमक्ष अनुरोध गरेका छन् ।
यसैबीच, सर्लाही क्षेत्र नम्बर २ (२) को सभापतिबाट भिखारी ठाकुरले समेत साधारण सदस्यता समेत नरहने गरि राजीनामा दिएका छन् । उनले शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।
क्षेत्रीय सभापति ठाकुरको राजीनामा पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा क्रियाशील सदस्यतामा सर्लाही क्षेत्र नं. २ को ‘२’ मा पूर्वाग्रहपूर्ण तरिकाले क्रियाशील मतदाता नामावलीमा धाँधली गरी पठाइएकोले नामावली हेर्दा आश्चर्यचकित भएका छौँ । अतः आजको मितिदेखि लागू हुने गरी साधारण सदस्य समेत नरहने गरी राजीनामा स्विकृत गरिदिनु हुन अनुरोध छ ।’
तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गरि गगन थापाले आफूलाई सभापति र भावी प्रधानमन्त्री घोषणा गरेर सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । कांग्रेसका हाइज्याकर गगनलाई सर्लाही ४ का मतदाताले १२ हजारभन्दा धेरै मतको अन्तरबाट पराजित गराएर दण्ड दिएका थिए ।
सर्वोच्च अदालतबाट भ्रष्टाचार ठहर भएका सर्लाही कांग्रेसका तत्कालीन सभापति सुरेन्द्र सिंह र उनका भाई मधेश प्रदेशका सांसद एवम् पूर्व प्रदेशमन्त्री वीरेन्द्र सिंहको सल्लाहमा सर्लाही ४ मा उम्मेदवार बनेका गगनलाई मतदाताले हराएर दण्ड दिएका हुन् । गगनको नाम लिएर सुरेन्द्र सिंह र वीरेन्द्र सिंहले सर्लाही कांग्रेसभित्र भाँडभैलो मच्चाउँदै आएका छन् ।
गगनको छत्रछायाँमा सुरेन्द्र सिंह र वीरेन्द्र सिंहले केन्द्रबाटै क्रियाशील सदस्यता वितरणमा धाँधली गरेपछि कार्यबाहक सभापति कौडेल र सर्लाह २ (२) का क्षेत्रीय सभापति ठाकुरले साधारण सदस्यता समेत नरहने गरि राजीनामा दिएपछि कांग्रेसका हाइज्याकर गगनको निरंकुश र अनुदारवादी अनुहार देखिएको छ ।
गगनले आफू पराजित भएपछि सर्लाही जिल्लामा सुरेन्द्र सिंह र वीरेन्द्र सिंहको उक्साहटमा निरंकुश शैलीमा पुराना क्रियाशील सदस्यहरूको नाम हटाएर आफू निकटका नयाँलाई समावेश गरेपछि विवाद भएको छ ।


बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया