क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दुई जनालाई बैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचनराज कुँवर रहेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले जाहेरी दिएका थिए ।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया