सिन्धुपाल्चोकमा सभापति मामा तथाकथित विशेष महाधिवेशनतिर लागेपछि भाञ्जा नयाँ पार्टीमा प्रवेश
काठमाडौं । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि निराशा भइरहेका बेला विनोद घिसिङ उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ७ निवास घिसिङ विशेष कार्यक्रम गरेर उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हुन् । घिसिङलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी प्रवेश गराएका छन् ।
उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका घिसिङ नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामाका भाञ्जा हुन् । सभापति लामा तथाकथित विशेष महाधिवेशनबाट आफूलाई सभापति घोषणा गरेका गगन थापाको पछाडि लागेर हिँडेका छन् ।
सभापति लामाले आफ्नै भाञ्जा घिसिङलाई कांग्रेस पार्टीमा रोक्न सकेनन् । तथाकथित विशेष महाधिवेशनका कारण सिन्धुपाल्चोक कांग्रेस निकै कमजोर बनेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरू धमाधम विभिन्न पार्टीमा प्रवेश गरिरहेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया