कांग्रेसका हाइज्याकरसँग अधिवेशन रोक्न खड्काको आग्रह, दुई वटा अधिवेशन भए पार्टी बिभाजन हुने
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले तथाकथित विशेष महाधिवशन पक्षधरहरूलाई अधिवेशनका कार्यक्रमहरू स्थगित गरेर बृहत पार्टी एकताका लागि सहमति, सहकार्य र सम्वाद गर्न आग्रह गरेका छन् ।
बिहीबार नेता खड्काले सामाजिक सञ्जालमार्फत् प्रेस नोट जारी गरेर गगन थापा समूहलाई असोज ३ गतेको अधिवेशनको कार्यतालिका स्थगित गरेर शेरबहादुर देउवासहितका नेताहरूसँग सम्वाद गर्न सुझाव दिएका छन् । दुई वटा अधिवेशन भयो भने कांग्रेसलाई बिभाजनबाट कसैले रोक्न नसक्ने उनले बताएका छन् ।
समय बलबान हुन्छ भन्दै नेता खड्काले तथाकथित विशेष महाधिवेशनबाट आएको कांग्रेस हाइज्याकरहरूलाई पार्टीमा बृहत एकताका लागि सुझाव दिएका छन् ।
तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाले नेता खड्का पनि सानेपा आएको भनेर मिडिया ट्रायल गरिरहेका बेला खड्काले त्यो कुरा अस्वीकार गरिदिएका छन् । खड्कासहितका देउवा पक्षीय केही नेताहरू सानेपा पुगेका होलान् । तर, सबै गएका छैनन् । खड्का पनि गएका छैनन् ।
नेता खड्काले भने, ‘असोज ३ गतेदेखि प्रारम्भ गर्ने गरि घोषणा गरेको १५औँ अधिबेशनको कार्यतालिका स्थगन गरि केही समयको लागि सार्नुस् । तपाईंले पार्टीमा आज गर्नु भएको निर्णयको बलियो जगमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित आदरणीय सभापति शेरबहादुर देउवाज्यू अनि अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा बार्ता, सम्बाद तत्काल प्रारम्भ गर्नुस्, मलाई आत्मविश्वास छ पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ ।’
‘अन्यथा २ वटा अलग अलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको बिभाजन कसैले रोक्न सक्ने छैन,’ नेता खड्काले भने, ‘मेरो अन्तरमनले भन्छ कांग्रेस पार्टीको बिभाजनको केही महिनाभित्र नेकपा (एमाले), नेपाली कम्युनस्ट पार्टी लगायत बिशेष गरि संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेका दलहरू बिभाजन हुने छन् । गरिनेछन्,’ नेता खड्काले भने ।
‘परिणामतः बिगतका घटनाक्रम, लक्षणहरू र बिभिन्न खालका चलखेले संकेत गर्दै छन् । किन हो किन हो ? मेरो अन्तरआत्माले भनी रहेको छ– देशमा जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्वको अकल्पनीय रणसंग्राम मच्चिने छ । मच्चाइनेछ,’ नेता खड्काले भने ।
‘हाम्रो प्यारो देश भाद्र २४ लाई पनि बिर्साउने गरि भीषण रणसग्रमाको दुस्चक्रमा परिणत हुने प्रबल–प्रबल संभावनातिर उन्मुख देखिन्छ,’ उनले भने, ‘त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता अनि स्वाभिमानको के होला ? त्यसैले गगनजी म विश्वासका साथ भन्छु कानून, अदालको निर्णय, पार्टी बिधान कुनै कुराले तपाईंलाई कुनै समस्या र अप्ठेरो पर्ने छैन, पर्दैन ढुक्क हुनुस् ।’
‘तपाईंले ब्यहोरेका सल्लाहा, सुझाव र बिगतका घटनाक्रमलाई गहिरो शिक्षाका रुपमा निर्मम समीक्षा गर्दै, तत्काल निर्णायक र साहासिक कदम चाल्नुस् अनि सम्पूर्ण एकताको सिङ्गो कांग्रेसको सभापति बन्नुस्,’ नेता खड्काले भने ।
‘यो पून्य कर्ममा म कुनै पनि महत्वकांक्षाबाट मुक्त भएर जस्तो सुकै त्याग गर्न तयार छु । ईमानको सहयोग गर्न तयार छु,’ खड्काले भने, ‘मेरा माथिका विश्लेषण र अन्तरआत्माको आवाजबाट प्रेसित भनाईहरू गलत साबित हुँदा सबैभन्दा खुसी म हुनेछु । यो पनि सम्बन्धित सबैमा प्रष्ट पार्दछु ।’
‘आज जुन निर्णयमा पुग्नु भो त्यो निर्णय वैशाख २१ को हामीबीच भएको सम्वादपछि त्यहि महिनामा निर्णय गर्नु भाको भए, जेष्ठको पहिलो साताभित्र सिङ्गो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण रुपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो,’ खड्काले भने ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया