म कसैप्रति आरोप प्रत्यारोप गर्न चाहन्न, तपाईहरूसँग भेट्न गाउँघर आइरहनेछु : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र देखिएको समस्याका विषयमा कसैलाई पनि आरोप, प्रत्यारोप नलगाउने बताएका छन् ।
बिहीबार अपील जारी गरेर नेता डा.कोइरालाले भने, ‘म कसैप्रति आरोप प्रत्यारोप गर्न चाहन्न ।’
‘हामी सफल हुन्छौं भने सबैको एकताबद्ध प्रयत्नबाट मात्र यो संभव छ,’ डा.कोइरालाले भने, ‘हाम्रो बिवेक मरेको छभन्ने कुरामा म किमार्थ विश्वास गर्दिन ।’
‘हामी उठ्छौं, जुट्छौं र जित्छौं यही भरोसा र विश्वासबाट साधारणभन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुुटन सक्छ,’ नेता डा.कोइरालाले भने, ‘यस अभियानमा म गाउँ टोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने साथीहरूलाई पार्टीलाई एकताबद्घ राख्न दृढ संकल्पका साथ यस अभियान (पार्टी एकता)मा जुट्न हार्दिक अनुरोध गर्दछु ।’
उनले भने, ‘कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरकरुपमा बुुझ्न सक्दिन । म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहनेछु, तपाईहरूसँग भेट्न गाउँघर आइरहनेछु ।’
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया