नेपालमा विश्व राजनीतिको गहिरो प्रभाव छ, म कांग्रेस र देशको सिपाही हुँ : नेता डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विश्व राजनीतिको गहिरो प्रभाव नेपालमा परेको बताएका छन् ।
बिहीबार अपील जारी गरेर नेता डा.कोइरालाले भने, ‘विश्व राजनीतिको गहिरो प्रभाव नेपालमा परिरहेको सन्दर्भमा म कांग्रेस नेता वीपी कोइरालालाई स्मरण गर्न पुुग्दछुु र सोँच्दछु, आफ्नो ज्यानको प्रवाह नगरी यो देशको अस्मिता जोगाउने ती महापुरुषलाई साक्षी राखेर हामी किन एकताबद्ध हुन नसकेको होला ।’
नेता डा.कोइरालाले आफू मध्यमार्गको कठिन मार्गमा रहेको बताएका छन् । उनले भने, ‘मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो ।’
‘यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो,’ डा.कोइरालाले भने, ‘म आरोपित भएर, भैरहेको पनि छुु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ ।’
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया