कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन् मलाई थाहा छैन : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको पटकथा कसले कसरी लेखिरहेको छ आफूलाई जानकारी नरहेको बताएका छन् ।
बिहीबार अपील जारी गरेर नेता डा.कोइरालाले भने, ‘दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन् मलाई थाहा छैन ।’
‘मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूूमिका होस भन्ने चाहन्छन्,’ डा.कोइरालाले भने ।
‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्रि«यता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ उनले भने, ‘यो रोकौँ, एउटा मध्यमार्गी र बिवेकपूर्ण समझदारीको बाटो खोजौं ।’
नेता डा.कोइरालाले भने, ‘मेरो प्रयत्न बिगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ ।’
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया