एक अर्ब ३४ करोडभन्दा धेरैको हुन्डी कारोबारमा संलग्न युवकलाई सीआईबीद्वारा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १ अर्ब ३४ करोडभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न भएको आरोपमा २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको छ ।
सीआईबीले धनुषाको शहीदनगर नगरपालिका–४ का मुखियालाई पक्राउ गरेको एसएसपी अनुपमशम्शेर जबराद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मुखियाविरुद्ध मलेसियालगायत विभिन्न मुलुकहरूबाट अवैध रूपमा हुन्डी कारोबारमा संलग्न भएको सूचना आइरहेको थियो । प्राप्त सूचनालाई थप सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपियाँ बराबरको अवैध हुन्डी कारोबार गरेको पुष्टि हुन आएको सीआईबीले जनाएको छ ।
धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त प्रहरी टोलीले मंगलबार धनुषाबाटै मुखियालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता जबराले जानकारी दिएका छन् ।
मुखियालाई पक्राउ गरेर हुन्डी सम्बन्धी कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान चलिरहेको जबराले बताए ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया