मतभेद अन्त्य गर्दै मंसिर २१ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्नु देउवाद्वारा आह्वान

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले एकता, सहमति र सहकार्यका साथ मंसिर २१, २२ र २३ गते हुने नियमित महाधिवेशनमा जुट्न अपील गरेका छन् ।

मंगलबार अपील जारी गरेर देउवाले पार्टीभित्रको मतभेद अन्त्य गर्दै मंसिरमा हुन लागेको १५औँ महाधिवेशनमा जुट्न आह्वान गरेका हुन् ।

देउवाले भने, ‘नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्दै एकताबद्ध रूपमा आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको विश्वास दिलाउन चाहन्छु ।’

‘पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भने ।

Published : Tuesday, 2026 September 15, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया