देउवा पक्षीय नेताहरूको बैठक सम्पन्न, कांग्रेसबारे गम्भीर समीक्षा
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको पछिल्लो गतिविधिका विषयमा समीक्षा गरेका छन् ।
सोमबार काठमाडौंको महाराजगञ्जस्थित देउवा निवासमा बसेको नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्रको विवाद लगायतका विषयमा छलफल गरेको हो । नेता डा.प्रकाशशरण महतले भने, ‘अनौपचारिक समीक्षा गर्न बसेका हौँ । चार बजे सम्र्पक कार्यालयमा पत्रकार सम्मेलन छ ।’
देउवा पक्षीय नेताहरूले चार बजे चुनवेदीमा पत्रकार सम्मेलन आफ्नो धारणा सार्वजनिक गर्नेछन् । तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफूहरूको वडा अधिवेशनमा सहभागी हुनेहरूलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने आश्वासन दिएको विषयमा पनि छलफल भएको छ । देउवा पक्षीय केही नेताहरू टिम छाड्न खुट्टा उचालेर बसेका छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया