कांग्रेसको १५औँ महाधिवेशनको धमाधम गृहकार्यमा देउवा पक्ष, महाराजगञ्जमा गृहकार्यस्वरुप बैठक
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि तयारी र गृहकार्यलाई अगाडि बढाएका छन् ।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा देउवा पक्षीय नेताहरूले शुक्रबार दिनभरि केन्द्रीय महाधिवेशनको तयारीका विषयमा छलफल गरेका हुन् । देउवा पक्षीय नेताहरूले चुनवेदीमा सम्पर्क कार्यालय स्थापना गरेर मंसिर ११, १२ र १३ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्न लागेका छन् ।
केन्द्रीय महाधिवेशनभन्दा अगाडि वडा अधिवेशन असोज १७ गते हुनेछ । गाउँ/नगरपालिका अधिवेशन असोज २० गते हुनेछ । प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज २३ गते हुनेछ । जिल्ला अविधेशन कार्तिक १५ गते हुनेछ । प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने कार्यतालिका छ ।
वडादेखि केन्द्रीय महाविधेशनका लागि केन्द्रीय प्रतिनिधि खटाउन, जिल्ला संयोजकदेखि वडा प्रतिनिधिसम्म खटाउने विषयमा देउवा पक्षीय नेताहरूले आन्तरिक गृहकार्य गरिरहेका छन् । अधिवेशन गराउन जाने प्रतिनिधिहरूको सूची बनाउने कार्यहरू भएका छन् । देउवा पक्षले युवाहरूलाई अवसर दिने रणनीति बनाएका छन् । शीर्ष नेताहरूलाई केन्द्रमा राखेर कमाण्ड कन्ट्रोल सिस्टम बनाइएको छ ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफूहरूले वडादेखि केन्द्रीय महाधिवेशन गर्नका लागि तयारीहरू गरिरहेको बताए । उनले आवश्यक गृहकार्य स्वरुप नेताहरूले दैनिक रुपमा छलफल गर्दै आएको छ ।
तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गरेका गगन थापा र उनको समूहले पार्टीमा बृहत एकताबिनै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षीय नेताहरूले पनि समानान्तर महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर गृहकार्य शुरु गरेको छ ।
नेपाली कांग्रेसको आधिकारिकता मुद्दाको सर्वोच्च अदालतमा विचाराधीन छ । देउवाले दिएको पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले निस्सा दिइसकेको छ । सर्वोच्च अदालतले निस्सा दिएपछि देउवाले आधा जित भएको भन्दै सुनुवाईपछि अन्तिम फैसला आउँदासम्म आफूहरूले न्याय पाउने आविश्वास लिएको बताएका छन् ।

बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया