मलाई हजारौं फोन आइरहेका छन्, मन्त्रीको लाइन बढी हुने भयो : आशिका तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले ग्यास अभावको विषयलाई लिएर आफूलाई दैनिक हजारौं कल आउने गरेको बताएकी छिन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले पसलमा ग्यास भए पनि पसलेले ग्यास बेच्न नमानेको भनेर जानकारी आउने गरेको बताइन् ।

उनले भनिन्, ‘यो त लासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र सभामुख महोदय ? के यो देशमा सरकार भन्दा ठूलो माफिया नै हो त ? यसको जवाफ यस सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भनेर आस गरेको छु ।’

पसलमा भएको ग्यास हेरेर भोकभोकै बस्नुपर्ने दिन ल्याउनकै लागि रास्वपालाई जनताले दुईतिहाइको मत दिएर पठाएको हो त ? भनेर पनि उनले प्रश्न गरिन् ।

ग्यास छैन भने सरकारले छैन भनेर घोषणा गरेर जनतालाई दाउरा खोजेर भात पकाएर खाउ भन्नुपर्ने रास्वपा सांसद तामाङले माग गरेकी छिन् ।

होइन भने ग्यासको लागि मात्रै मन्त्री परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीको लाइन बढी हुने सांसद तामाङले बताएकी छिन् ।

Published : Friday, 2026 September 11, 3:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया