बबिताको घटनाले लज्जवोध भयो, बाढी प्रभावितलाई नगदमा राहत दिनुस् : कांग्रेस सांसद गुरुङ
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले बबिता पासवानले सडकको पेटीमा बच्चालाई जन्मदिएको विषयमा गम्भीर ध्यानाकषर्ण भएको भन्दै सरकारको जवाफ माग गरेकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद गुरुङले राप्तरीको राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ मागेकी हुन् ।
उनले भनिन्, ‘सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिर एक जना महिलाले बच्चा जन्माउनुपरेको घटनाले लज्जवोध भएको छ । सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन ?’
‘कि तपाईंहरूको शासनकालमा पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने हो ?,’ रास्वपाको झण्डै दुईतिहाइको सरकारसँग उनले प्रश्न गर्दै भनिन् ।
बबितासँग २ हजार ५ सय मात्रै रहेको र यति पैसामा अस्पतालले भर्ना गर्न नमानेकाकारण निकालिएकी थिइन् । त्यसपछि अस्पताल नजिकै फुटपाथमै बच्च जन्माएकी थिइन् ।
कांग्रेस सांसद गुरुङले सरकारले भोटेकोशी बाढीबाट कति मान्छेको ज्यान गयो ? कति वेपत्ता भए ? आधिकारिक तथ्याङ्क भन्न नसकेको भन्दै चिन्ता जनाएकी छिन् । उनले प्रश्न गर्दै भनिन्, ‘नागरिकको जीवन र सम्पत्ति त जोगाउन सकेन तर, यतिका दिनमा क्षतिको यकिन बिबरण किन आउने सकेन ?’
‘प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा भएको पैसा खर्च गर्न सरकारले कुन साइत कुरिरहेको छ ? बाढी प्रभावित नागरिक जो बाँचेका छन् उनीहरूको खातामा जाने गरेर नगदमा पनि राहत दिनु पर्यो,’ सांसद गुरुङले भनिन्, ‘राहत कोषमा पैसा थुपारेर मात्रै बाढी प्रभावितलाई राहत पुग्दैन ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया