बालेनजी मधेशीलाई तवाह गर्नुहुन्छ भने तपाईंको नास लेखेको छ : रास्वपा सांसद सिंह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले बालेन सरकार नबने आत्मदाह गर्छु भनेर आफूले भनेको स्मरण गर्दै मधेशलाई हेप्ने हो भने प्रधानमन्त्री बालेनको पतन निश्चित भएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सिंहले भने, ‘मधेशको भोट र शक्तिमा बालेन सरकार ठडिएको हो ।’
‘राज्यलाई भन्न चाहन्छु, तपाईं मधेशीको बलमा सरकार ठड्याउनुभएको छ । तपाईंको तासको पत्ता हो,’ सिंहले भने, ‘तपाईंका लागि यही व्यक्ति बोलेका थिए, यो सरकार बनेन भने आत्मदाह गर्छु । र, यही ठाउँबाट भन्न चाहन्छु कि तपाईं मधेशीलाई तवाह गर्नुहुन्छ भने तपाईंको नास लेखेको छ ।’
‘म एउटा समुदायको पनि नेता, एउटा भूगोलको पनि नेता, एउटा पार्टीको पनि नेता हो,’ सांसद सिंहले भने, ‘म राष्ट्र, पार्टीको नेता हो । राष्ट्रको आधिकारिक तरिकाले म भन्न चाहन्छु, हाम्रो पार्टी यो संविधानलाई अक्षरशः पालन गर्छ ।’
सांसद सिंहले भने, ‘हाम्रो पार्टी हिमाल, पहाड, तराईलाई समान रूपमा हेर्न चाहेको छ । हाम्रो सभापतिको सन्देश पनि त्यही हो । र, म त्यही बुझेर यो पार्टीमा लागेको हुँ ।’
सांसद सिंहले भने, ‘तर, मधेसीलाई प्रहार शुरूदेखि भइरहेको छ । दीपक साहको राजीनामा होइन; उनलाई पनि हटाइएको, बर्खास्त गरिएको हो ।’
‘गौरीकुमारीको राजीनामा होइन, यसलाई सही रूपमा भन्यो भने बर्खास्त गरिएको छ । किनकि उहाँ रुँदै निस्केको भिडियो भर्खर देखेको छु,’ सांसद सिंहले भने ।
रास्वपाका सांसद सिंहले भने, ‘आज म यहाँ आउँदाखेरि बिहानै मेरो घरमा एउटा दलित नेता भोला पासवान सप्तरीबाट आउनुभएको थियो । उहाँले भिडियो देखाउनुभयो, त्यो बबिता पासवानको ।’
‘यो राज्य कति मधेशीप्रति पीडादायी छ । उहाँलाई हस्पिटलमा बस्ने अधिकार पनि दिएन । म रुँदै आएँ,’ सांसद सिंहले भने ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया