रास्वपाकै सांसद सिंहद्वारा झण्डै दुईतिहाइको बालेन सरकारविरुद्ध हमला, ज्वागलमा धमाका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सिंहले संविधान देखाउँदै चुनावमा जाँदा संविधान बदल्ने कुरा नगरिएको बताए । उनले भने, ‘सरकार संविधानअनुसार चलिरहेको छैन । किनकी हामीले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ । चुनावी मैदानमा जाँदा संविधान बदल्छौँ भनेको थिएन ।’

सांसद सिंहले गणतन्त्र, संघीयता समावेशीता, धर्मनिरपेक्षतामा प्रहार भएको बताए । उनले प्रधानमन्त्रीको व्यवस्था सल्लाहकारको व्यवस्थामा परिवर्तन भएको बताएका छन् ।

‘प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा परिवर्तन भएको छ,’ सांसद सिंहले भने, ‘यो संविधानको कुन दफामा, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन ।’

सांसद सिंहले प्रधानमन्त्रीको जति योग्यता भए सल्लाह दिन आग्रह गरेका छन् । प्रधानमन्त्रीका सल्लाहकार हार्डबर्ड, क्याम्ब्रिज, अक्सपोर्डमा पढेको हो ? भनी सोधे । ‘सरकारको केन्द्र सिंहदरबार बुझेको थिएँ । तर, सरकारको केन्द्र ज्वागल बनेको छ,’ सांसद सिंहले भने । उनले प्रधानमन्त्रीको सचिवालयले ज्वागलबाट हुकुमी शासन चलेको आरोप लगाएका छन् ।

उनले भने, ‘अर्कोतिर हामी, यो सरकार र यो संविधान छ । नेपालको संविधान अनुसार मुलुक चलिरहेको छैन । किनकि हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ र चुनावी मैदानमा जाँदाखेरि हामी संविधान बदल्छौँ भनेर भनेका पनि थिएनौँ ।’

‘अहिले संविधानले समावेशिताको ग्यारेन्टी गरेको छ । संविधानका चारवटा पिलर छन्– गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता । तर तिनै पिलरमाथि प्रहार भइरहेको छ,’ सांसद सिंहले भने ।

‘अहिले मैले बुझ्न सकेको छैन, मैले संविधान पल्टाएर हेर्दै थिएँ । हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ, तर यो प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा परिणत भएछ,’ उनले भने ।

‘यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ– मैले बुझ्न सकेको छैन । सल्लाहकारमा प्रधानमन्त्रीजति नै योग्यता छ भने उहाँले प्रधानमन्त्रीको कानमा सल्लाह दिऊन्, लेखेर दिऊन्,’ उनले भने ।

‘मलाई लाग्दैन कि उहाँ सल्लाहकार सायद हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेका हुन् । सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ तर, सरकारको केन्द्र ज्वागल बनेको छ; हुकुमी शासन चलिरहेको छ,’ उनले भने ।

Published : Thursday, 2026 September 10, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया