सर्वोच्च अदालतबाट निस्सा पयौँ, आधा विजयी भइसक्यौँ, न्याय पाउने विश्वास छ : देउवा

भक्तपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट निस्सा पाएपछि आफूहरूको आधा विजयी भएको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस भक्तपुरले राधेराधेमा ११३औँ वीपी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास लिएको बताए । उनले भने, ‘अति भयो नि हामीले भनेपछि पुनरावलोकनमा गयौँ । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा धेरै विजय भइसक्यो ।’

‘अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, के भनेर हुन्छ यसलाई कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोशिस भइराख्या छ,’ देउवाले भने ।

देउवाले भने, ‘पञ्चायतकालदेखि नै अदालते न्याय दिएको छ । हाम्रो पार्टीलाई निस्सा दिएको छ । मलाई विश्वास छ । सर्वोच्च अदालते न्याय दिनेछ विश्वास छ ।’

‘जतिसुकै षड्यन्त्र गरेता पनि सर्वोच्च अदालत देशको सुपरिमकोर्ट जसलाई भन्छन् योभन्दा माथि अदालत छैन, त्यो अदालतबाट अवश्य नै न्याय पाउँछु भन्ने विश्वास लागेको छ मलाई,’ देउवाले भने ।

Published : Wednesday, 2026 September 9, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया