वीपीको जुत्ता लगाएको हुँ भन्ने कांग्रेसका नवमण्डलेहरूले वीपीकै कार्यक्रम बहिस्कार गरे : सभापति थापा
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् पूर्वसांसद दुर्लभ थापाले वीपी कोइरालाको जुत्ता लगाएको हुँ भन्ने वीपी जयन्ती बहिस्कार गर्ने, आफूले पनि कार्यक्रम नगर्ने नवमण्डलेहरूको प्रवेशले कांग्रेस कमजोर भएको बताएका छन् ।
नेपाली कांग्रेस, भक्तपुरले ११३औँ वीपी जयन्तीको अवसरमा भक्तपुरको राधेराधेमा बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसभित्र वीपीको नाममा नवमण्डलेहरूको प्रवेश भएको बताए ।
सभापति थापाले भने, ‘हुन त वीपी कोइरालाको जुत्ता लाउने पनि कांग्रेसमा छन्, क्यारे । वीपी कोइरालाका चस्मा लगाउने पनि छन् । र, वीपी कोइरालाको इस्टकोट, कोट अरु के के लगाउने हो ? ती पनि कांग्रेसमा छन् । तर, वीपी कोइरालाले स्मरण गर्न चाहँदैनन् ।’
‘वीपी कोइरालालाई कसैले नसम्झिदै गर्दा जुत्ता लगाउनेले पनि सम्झिएनन्, जुहारीकोट र दौरसुरुवाल लगाउनेले पनि सोधेनन् । भाषण चर्कोचर्को हुन्छ,’ सभापति थापाले भने, ‘वीपी कोइरालाले दाउराको भारी बढी हुँदै गर्दा यो दाउरा कहाँ हरायो ? भन्ने भाषण चाहिँ हुन्छ । वीपी कोइरालाको भाइले जुत्ता किन्दै गर्दा यो जुत्ता कहाँबाट आयो भन्ने चर्चा हुन्छ ।’
‘वीपी कोइरालाको स्मरणमा, वीपी कोइरालाको जन्मजयन्तीमा, वीपी कोइरालाको स्मृति दिवसमा कुनै कार्यक्रम हुँदैन । कहिँ कतै वीपी कोइरालाको जुत्ता साँघुरो भएको हो कि ? वीपी कोइरालाको जुत्ता ठूलो भएर अड्किरहेको परिस्थिति हो,’ भक्तपुर कांग्रेसका सभापति थापाले भने ।
‘हिजोको मण्डले प्रवृत्ति अहिले पनि कांग्रेसभित्र केही नवमण्डलेहरूको प्रवेश भएको छ,’ सभापति थापाले भने, ‘वीपी कोइरालाको कार्यक्रममा वीपी कोइरालाको जुत्ता लगाउनेहरू र वीपीको जुत्ता लगाएको हुँ भन्ने त्यस्तै त्यस्तै जुत्ता मिल्छ । वीपी कोइरालाको जुत्ता पुच्छनेहरू केही नवमण्डलेहरूले कार्यक्रमको बहिस्कार गरेका छैनन्, वीपीको अपमान पनि गरेका छन् । त्यस्ता तत्वहरू र नवमण्डलेहरूबाट सचेत रहन अनुरोध गर्न चाहन्छु ।’
उनले भने, ‘वीपी कोइराला ११३औँ जन्मजयन्तीको अवसरमा कहिँ कतै भव्य र सभ्य रुपमा राष्ट्रिय सभा गृह बुकिङ भएको हो कि ? खुल्ला मञ्च बुकिङ भएको पत्र चाहिँ पढेको थिएँ । त्यो के को लागि बुकिङ भएको छ ? छलफलका विषय बन्दैछ ।’
सभापति थापाले कांग्रेसका केही उरन्ठ्यौला नेताहरूले जेनजी आन्दोलनको पछाडि लागेर कांग्रेसकै नेतामाथि आक्रमण गर्न लगाएको पनि बताए ।
उनले भने, ‘तथाकथित जेनजी आन्दोलन नेपाली कांग्रेसका संस्थापक नेताहरूको घर जलाइएको दिन पनि हो, आज । त्यति मात्रै होइन ऐतिहासिक सिंहदरबार, प्रतिनिधिसभाको भवन, सर्वोच्च अदालत, राष्ट्रपतिको भवन मात्र होइन तमाम लोकन्त्रतमा योगदान पुर्याउने नेताहरूको घरहरू छानिछानी आगजनी भएको दिन पनि हो ।’
‘श्रद्धेय नेतामाथि सांघातिक आक्रमण भएको दिन पनि हो । कसैले यसलाई जेनजी आन्दोलन भन्लान्,’ थापाले भने, ‘नेपाली कांग्रेसका केही उरन्ठ्यौला नेताहरूले जेनजी आन्दोलनको पछाडि लागेर नेपाली कांग्रेसकै नेतामाथि आक्रमण गर्न लगाइएको आरोप पनि छ । त्यो आरोप लगाउने दिनको रुपमा पनि हामीले स्मरण मात्रै गर्दैनौँ ।’
सभापति थापाले देशमा आएको विनाशकारी प्राकृतिक विपत्तिलाई भुल्न नहुने बताएका छन् । उनले भने, ‘संसारमै नहुने प्राकृतिक विपत्ति नेपालमा भयो । भोटेकोशीको प्रकृतिक विपत्तिमा ज्यान गुमाउने तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरूप्रति श्रद्धासुमन व्यक्त गर्दछु । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना र बेपत्ताका आम नागरिकको शीघ्र उद्धारको सरकारसँग अनुरोध गर्न चाहन्छु ।’
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया