बुधबार भक्तपुरमा वीपी जयन्तीको अवसरमा कार्यक्रम, देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेस, भक्तपुरले ११३औँ वीपी जयन्तीको कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

भोलि बुधबार भदौ २४ गते हेरिटेज पार्टी प्यालेस, राधेराधे, भक्तपुरमा ११३औँ वीपी जयन्तीको अवसरमा ‘वीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक बिचार गोष्ठीको कार्यक्रम राखिएको छ । दिउँसो १ बजे शुरु हुने गोष्ठीलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले वीपी जयन्ती मनाउने निर्णय गरेको थियो । कार्यक्रमको तयारी गर्ने जिम्मेवारी भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले गरेका हुन् ।

Published : Tuesday, 2026 September 8, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया