सामाजिक सञ्जालमा घृणा फैलाउने अभिव्यक्तिसहितको भिडियो राख्ने बीरेन्द्र पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले भोटेकोशी बाढीका विषयमा सामाजिक सञ्जालमा घृणा फैलाउने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले वीरेन्द्रलाई शनिबार काठमाडौंबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका बीरेन्द्र बैतडीको सुर्नया गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं.१२ बलम्बुमा बस्दै आएका छन् ।
बीरेन्द्रले सामाजिक सहिष्णुतामा आघात पु¥याउने अभिव्यक्त सामाजिक सञ्जालमा भिडियो सामाग्री प्रशारण गरेका थिए ।
भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिका सम्वन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण भएको सम्बन्धमा ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट बीरेन्द्रले साइबर अपराध गरेको ठहर भएपछि पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका बीरेन्द्रलाई ब्यूरोबाट खटिएको टोलीले भदौ २० गते शनिबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया