ज्वाइँ गगनको राजनीतिक गतिविधि अर्जुनलाई मन परेन, कांग्रेस एकताका लागि महाधिवेशन रोक्न प्रस्ताव
काठमाडौं । गगन थापाले अध्यावधिका नाममा लाखौँ नेता तथा कार्यकर्ताहरूविरुद्ध प्रतिशोधात्मक ‘कु’ गरिरहेका बेला नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको बृहत एकताका लागि विभिन्न प्रस्तावहरू अगाडि सारेका छन् ।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता केसीले पार्टीभित्र एकता कायम गर्न पाँच बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । उनले आफ्नो प्रस्तावलाई गम्भीर रुपमा लिन आग्रह गरेका हुन् । उनले कांग्रेसमा बृहत एकताका लागि सानेपाबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्न प्रस्ताव गरेका छन् ।
नेता केसीले विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो कार्यसम्पादन समिति र हालको कार्यसम्पादन समितिलाई सभापतिको नेतृत्वमा एकीकृत गर्न प्रस्ताव गरेका छन् ।
पार्टी विधानको सम्बन्धित धारा निलम्बन गरी केन्द्रीय कार्यसमितिको संख्या आवश्यकताअनुसार परामर्शबाट बढाउनुपर्ने उनले बताएका छन् ।
नेता केसीले केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निष्पक्ष महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिनुपर्ने सुझाव दिएका छन् ।
१५औँ महाधिवेशनको तयारीका लागि आवश्यक निर्वाचन समिति गठन, क्रियाशील सदस्यता छानबिन तथा अनुशासन समितिमा आवश्यक थपघट गर्ने अधिकारसमेत कार्यसम्पादन समितिलाई दिनुपर्ने प्रस्ताव नेता केसीले गरेका छन् । यस्तो व्यवस्थामार्फत आगामी महाधिवेशन निष्पक्ष हुने प्रत्याभूति गर्नुपर्ने उनले बताए ।
पूर्वमन्त्री समेत रहेका नेता केसीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अन्तिम मिति सर्वसम्मत रूपमा एक महिनापछि सार्दै कात्तिक १७ देखि १९ गतेसम्म तोक्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
महाधिवेशनको नयाँ कार्यतालिका तोकिएपछि कुनै पनि बहानामा त्यसलाई पुनः सार्न नहुने र तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता नेतृत्वले गर्नुपर्ने उनको प्रस्ताव छ ।
मुलुकको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसभित्रको एकता अपरिहार्य रहेको भन्दै पार्टीका सबै तह र पक्षबीच संवाद, सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने उनले बताएका छन् ।
उनले प्रस्तुत गरेका पाँचबुँदे प्रस्तावमाथि केन्द्रीय कार्यसमिति बैठकमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।
गगन थापाले शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा.शेखर कोइरालासहितका नेताहरूलाई कांग्रेसमा कथित अध्यावधि लगायतको बहानामा रोक्ने प्रयास गरेका छन् । गगन थापा नतामा अर्जुन नरसिंह केसीका ज्वाइँ हुन् । ज्वाइँ गगन थापाको राजनीतिक गतिविधि नेता केसीलाई मन परेको छैन । सोही कारण केसीले पार्टीमा बृहत एकताका लागि विभिन्न प्रस्तावहरू अगाडि सारेका हुन् ।
000
अर्जुननरसिंह केसीका पाँच प्रस्ताव
१) विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो कार्य सम्पादन समितिलाई र हालको कार्यसम्पादन समिति सभापतिको नेतृत्वमा एकीकृत गर्ने ।
२) विधानको सम्बन्धित धारा निलम्बित गरी केन्द्रीय कार्यसमितिको संख्या परामर्शमा आवश्यकता अनुसार बढाउने ।
३) केन्द्रीय कार्यसमितिको प्रथम बैठकले निष्पक्ष महाधिवेशन गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिने ।
४) कार्यसम्पादन समितिले नै महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन र अनुशासन समिति थप घट गर्ने । र महाधिवेशन निष्पक्ष हुने प्रत्याभूति दिने ।
५) १५ औँ महाधिवेशन अन्तिम मिति सर्वसम्मत रूपमा एक महिनापछि कार्तिक १७–१९ तोक्ने । उक्त कार्यतालिका कुनै पनि बहानामा नसार्ने गरी समितिले पूर्णप्रतिबद्धता जनाउने ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया