कांग्रेस भाँड्ने सानेपाको पत्र क्यानडामा खारेज, ओलीले अधिवेशन गर्ने निर्णय, अन्तरघातीलाई ५ बर्षको कारबाही
काठमाडौं । नेपाली जनसम्पर्क समिति, क्यानडाले चौथो अधिवेशन आफ्नो विधान र प्रचलित कानून बमोजिम गर्ने निर्णय गरेको छ ।
४ सेप्टेम्बर २०२६ मा भर्चुअलमाध्यमबाट बसेको आकस्मिक बैठकले क्यानडामा विधिवत् दर्ता भएको नेपाली जनसम्पर्क समिति, क्यानडाको चौथो अधिवेशन संस्थाको आफ्नो विधान तथा प्रचलित लागू हुने कानून बमोजिम गरिने निर्णय गरेको सभापति बुद्धिप्रकाश ओली र महामन्त्री सुशील भुसालद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपालाई पठाएको पत्रमा उल्लेख छ ।
‘नेपाली जनसम्पर्क समिति क्यानडा क्यानडामा सन् २०१४ मा विधिवत् दर्ता भई सञ्चालनमा रहेको संस्था भएकाले आफ्नो विधान तथा लागू हुने प्रचलित कानून बमोजिम संस्थागत दायित्व पूरा गर्नुपर्ने विषय बैठके उल्लेख गर्यो,’ सभापति ओली र महामन्त्री भुसालले सानेपालाई पठाएको पत्रमा भनिएको छ, ‘सोहीअनुसार निर्धारित समय र प्रक्रियाभित्र अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति तथा सञ्चालक समिति गठन गर्ने प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।’
समितिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका ५ सय ५२ जनामध्ये ५ सयले ४ सेप्टेम्बर २०२६ देखि लागू हुने गरी आफ्नो क्रियाशील सदस्यता त्याग गर्दै सामूहिक राजीनामा दिएको जानकारी नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई पठाउने निर्णय गरेको छ ।
समितिको आकस्मिक बैठकले ५ सय क्रियाशील सदस्यहरूले दिएको सामूहिक राजीनामाको औपचारिक जानकारी नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पठाउने निर्णय पनि गरेको छ । तथाकथित विशेष महाधिवेशनबाट आएको स्वघोषित नेतृत्वले नेपाली जनसम्पर्क समितिका सभापति ओलीलाई हटाएर अन्तरघात गरेपछि ५ बर्षको अनुशासनको कारबाहीमा परेका केशव दाहाललाई अधिवेशन सम्पन्न गर्न संयोजक बनाएपछि क्यानडामा खैलाबैला भएको छ ।
‘नेपाली जनसम्पर्क समिति क्यानडामार्फत् नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका ५५२ जनामध्ये ५०० जनाले मिति ४ सेप्टेम्बर २०२६ देखि लागू हुने गरी आफ्नो क्रियाशील सदस्यता त्याग गर्दै सामूहिक राजीनामा दिने तथा सो निर्णयको औपचारिक जानकारी नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपालाई पठाउने निर्णय गरियो,’ सभापति ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट नेपाली जनसम्पर्क समिति क्यानडाको आसन्न अधिवेशनका सम्बन्धमा हालै प्राप्त पत्र तथा सो पत्रमार्फत् अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि संयोजक तोकिएको विषयमा गम्भीर एवम् विस्तृत छलफल भएको छ ।
समितिले केशव दाहाललाई ५ बर्षको अनुशासनको कारबाही गर्ने निर्णयलाई अनुमोदन गरेको छ । केन्द्रीय प्रतिनिधि तोकेर अधिवेशन गर्ने तयारी भइरहेका बेला तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्यानडाका सभापति ओलीलाई हटाएर ५ बर्षको अनुशासन कारबाहीमा परेका केशव दाहाललाई अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि संयोजक तोकिएपछि नेपाली जनसम्पर्क समिति क्यानडामा भाँडभैलो भएको छ । ५ सय क्रियाशील सदस्यहरूले सामूहिक राजीनामा दिएर विरोध जनाएका छन् ।
‘एनआरएनए निर्वाचनमा समतिका उपसभापति एवम् महासमिति सदस्य चन्दा अधिकारी, महामन्त्री सुशील भुसाल, सचिव रायन तिवारी, कोषाध्यक्ष नेत्र भट्टराई, युवा संयोजक विवेक धमला तथा पूर्वी क्यानडा संयोजक दीपक बुढाथोकीलगायतका थुप्रै आधिकारिक उम्मेदवारहरूविरुद्ध निजले विद्रोही उम्मेदवार खडा गरेको विषयमा बैठकमा उल्लेख गरियो,’ निर्णय प्रतिलिपिमा भनिएको छ, ‘सोही विषयलाई लिएर समितिको तत्कालीन बैठकले श्री केशव दाहाललाई पाँच बर्षका लागि अनुशासनात्मक कारबाही गर्ने निर्णय गरेको व्यहोरा पुनः प्रस्तुत गरी उक्त निर्णयलाई बैठकले अनुमोदन गर्यो ।’
नेपाली जनसम्पर्क समिति क्यानडाले आसन्न चौथो अधिवेशन सम्बन्धी तयार तथा निर्धारित सांगठनिक गतिविधिहरूलाई निरन्त अगाडि बढाउने निर्णय गरेको छ । केशव दाहाललाई संयोजक तोक्ने सानेपाको निर्णयलाई अस्वीकार गर्ने निर्णय भएको सभापति ओली र महामन्त्री भुसालद्वारा नेपाली कांग्रेस, सानेपामा पठाइएको पत्रमा उल्लेख छ ।







बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया