त्रिशूल १ सुरुङबाट ११औँ दिनमा एकजना विदेशी नागरिकको जीवितै उद्धार

काठमाडौं । सुरक्षाकर्मीहरूले ११औँ दिनमा अपर त्रिशूली १ सुरङबाट विदेशी नागरिकको जीवितै उद्धार गरेका छन् ।

नेपाली सेनाले दिएको जानकारी अनुसार शनिबार अपर त्रिशूल १ को सुरङबाट एक जनाको जीवित उद्धार गरिएको छ । उनलाई थप उपचारका लागि ल्याइँदैछ ।

बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको हो । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले टनेलबाट उनलाई उद्धार गरेका छन् ।

उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ । उनलाई बाढी गएको ११औं दिनमा उद्धार गरिएको छ ।

यसअघि शुक्रबार सुरक्षाकर्मीहरूले सुरुङबाट दुई जना नेपाली नागरिकहरूको जीवित उद्धार गरेका थिए । उनीहरू दुबै जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

Published : Saturday, 2026 September 5, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया